मनोरञ्जन

धुर्मुस सुन्तलीको चौथो परियोजना–‘मिनी नेपाल’

काठमाडौं, १९ बैशाख । गएको २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पले भत्किएका घर मात्र नभइ मानिसहरुको मनसमेत जोडन सफल हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले गरेको पुनिनिर्माणको चर्चा सर्वत्र छ ।

उनीहरुले पहिलो चरणमा काभ्रेको पहरी बस्तीमा नमुना वस्ती निर्माण गरे, दोस्रो चरणमा सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत अर्को नमुनावस्ती निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरे, फेरि तेस्रो चरणमा मुसहरको मुहारमा मुस्कान थपिदिए । भौगिलिक हिसामा पनि उनीहरु उत्तिकै सफल बने । हिमाल, पहाड र तराइमा एकीकृत बस्ती निर्माण गरी भूकम्पबाट भत्केका मनहरुलाई टाल्ने काम गरे । जसले सरकारलाई पनि गिज्याइरहेको छ । भूकम्प पीडितले सरकारले घोषणा गरेको अनुदान रकम अझै पाएका छैनन् । तर, यो जोडीले काम पूरा गरिसकेका छन् । उनीहरुको कामको सर्वत्र मुक्तकण्ठले प्रसंसा भइरहेको छ ।

सामाजिक कार्यक्रमा सक्रिया यो जोडीले हालै एक कार्यक्रमा पुनः मिनि नेपाल बनाउने उद्घोष गरेका छन् । हिमाल, पहाड र तराईको झल्को दिने गरी मिनी नेपाल बनाउने उनीहरुले बताएका हुन् । चौथो परियोजनाका रुपमा चाडै नै यस कामको थालनि हुने उनीहरुले बताए । ७५ वटै जिल्लाबाट सबैभन्दा गरिब एकएक परिवारलाई छानेर ल्याई यस्तो एकीकृत बस्ती निर्माण गर्ने उनीहरुको योजना छ ।

यस्तो बस्ती निर्माणका लागि ५ सयदेखि एक हजार रोपनी जग्गा आवश्यक रहेकाले जग्गादाताको खोजी गरिरहेको कट्टेलले बताए। ‘मिनी नेपाल’ निर्माणका क्रममा मूलद्वारबाट बस्ती पस्नेबित्तिकै हिमाली, त्यसपछि पहाडी र अन्त्यमा तराईको बस्ती हुने कट्टेलले जानकारी दिए। हिमाली बस्तीबाट पहाडी बस्तीमा जाँदा सुरुङमार्ग भएर जाने बनाउनेछौं, कट्टेलले भने, ‘नेपाल आउने पर्यटकका लागि यो बस्ती पहिलो रोजाइको हुनेछ।’

उनीहरुका अनुसार बस्तीमा नमुना विद्यालय र अस्पतालसमेत हुनेछ। बस्तीमा लुम्बिनी र सगरमाथाको नमुनाका साथै तीनवटै क्षेत्रको प्राकृतिक स्वरुप झल्काउने उनीहरुको योजना छ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा