मनोरञ्जन

नारायणहिटी दरबारभित्रै उत्रियो अंग्रेज फौज !

काठमाडौं, १८ चैत । नालापानी युद्धमा वीर गोर्खालीले देखाएको विरतालाई चलचित्रमा उतारिँदैछ । जसका लागि निर्माण पक्षले अहिले काठमाडौं आसपासका क्षेत्रमा धमाधम छायांकन गरिरहेको छ ।

सन् १८१४ मा हाल भारतकाे देहरादुनस्थित नालापानी गढीमा भएको  नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर चलचित्रको निर्माण गर्न लागिएको हो ।

शुक्रबार नारायणहिटी दरबार संग्राहलयभित्र छायांकन भइरहेको थियो । नेपाल आर्मीको गोरख गणको मैदानमा नेपालीसँग युद्द लड्न अंग्रेज फौज आउँदै थिए । जहाँ नेपाल आर्मीबाट प्राप्त झण्डै पचास वटा घोडा र करिब ३ सय हतियार सहितका फौज मैदानमा उतारिएको थियो ।

nalapani1

चलचित्र सुटिङ भइरहेका बेला पछाडि हरियो पर्दा राखिएको थियो । यसको कारण थियो क्रोमा गर्नको लागि । चलचित्र सम्पादनका समयमा भिएफएक्सको माध्यमबाट यही ठाउँमा पछि हजारौँको संख्या देखाईने निश्चित छ ।

प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित नालापानी माथि चलचित्र बनिरहेको छ ।

‘नालापानी’ मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. board games 2018 says:

    I like this weblog very much, Its a rattling nice office to read and receive information.

    http://www.strategyboardgames.co.uk/play-twilight-imperium-video-guide/

  2. free music says:

    Would love to always get updated outstanding site!

    http://www.iomoio.co.uk/bonus.php

  3. https://twitter.com/IntkhabAhsan says:

    This is one awesome blog article.Really thank you! Keep writing.

    https://twitter.com/IntkhabAhsan

  4. websites for sale says:

    Thank you ever so for you blog.Really looking forward to read more. Fantastic.

    https://buysellempire.tumblr.com/post/170028953885/things-to-consider-if-you-plan-to-sell-your

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा