मनोरञ्जन

‘बागी २’को बक्स अफिसमा शानदार शुरुवात

काठमाडौं, १८ चैत । गत शुक्रबारबाट प्रदर्शनमा आएको टाइगर श्राफ स्टारर अभिनित बलिउडको चलचित्र ‘बागी २’ले बक्स अफिसमा शानदार ओपनिङ गरेको छ ।

२०१६ मा प्रदर्शनमा आएको सफल चलचित्र बागी सीक्वेल ‘बागी २’ ले पहिलो दिन भारतीय बक्स अफिसमा २५.१०करोड कमाई गरेको जनाइएको छ ।

‘बागी २’ले यस बर्ष पहिलो दिनमा धेरै कमाउने ‘पद्मावत’ र ‘पैडमैन’ जस्ता चलचित्रलाई समेत पछि परेको छ । चलचित्र निर्माण बाट नै निकै चर्चामा रहेको ‘बागी २’ले पहिलो हप्तामा सजिलै सय करोड कमाउने अनुमान समेत गर्न थालिएको छ ।

चलचित्रमा टाइगर एक्सन अवतारमा देखिएका छन्। रोनीको भूमिकामा देखिएका उनको लुक निकै धमाकेदार छ। यो फिल्ममा दिशा पटानीको पनि मुख्य भूमिका रहेको छ। चलचित्रलाई अहमद खानले निर्देशन गरेका हुन् ।

साजिद नाडियाडवालाले निर्माण गरेको ‘बागी २’रिलिज भइरहेकैबेला ‘बागी ३’ बन्ने समेत घोषणा गरिसकेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://www.minds.com/newsfeed/832581508206579712 says:

    Wow, great article.Really looking forward to read more. Will read on…

    https://www.minds.com/newsfeed/832581508206579712

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा