मनोरञ्जन

‘बाहुबली २’ को प्रदर्शन मिति तोकियो

प्रतिक्षित चलचित्र ‘बाहुबली २’को प्रदर्शन मिति तोकिएको छ । भारतका चर्चित पत्रकार तरण आदर्शले आफ्नो ट्विटरबाट फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।

यसै बर्षको अन्त्यमा प्रदर्शन हुने अपेक्षा गरिएको यो चलचित्र अब सन् २०१७ मा रिलिज हुने भएको छ । तरणका अनुसार यो चलचित्र अब सन् २०१७ को अप्रिल १४ मा रिलिज हुने भएको छ ।

एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा साउथका चर्चित नायक प्रवासले मुख्य भूमिकामा काम गरिरहेका छन् । ‘बाहुबली’ले भारतीय बक्स अफिसमा आक्रमण व्यापार गरेको थियो । पहिलो दिन नै ५० करोडको व्यापार गरेको यो चलचित्रले ५ सय करोड माथिको व्यापार गर्दै चर्चा पाएको थियो ।

विशेषगरि, कटप्पाले बाहुबलीलाई किन मारे ? भन्ने प्रश्नलाई कौतुहलतामा राख्दै यसको पहिलो भाग सकिएको थियो । अब, यसको सिक्वेलमा यो प्रश्नको जवाफ समेत समावेश हुनेछ । यसैले पनि अहिले विश्वभरका दर्शकका लागि ‘बाहुबली २’ प्रतिक्षामा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा