मनोरञ्जन

रीस्ता र सुरविनाले जेठमा ‘लुकामारी’ खेल्ने, सौगातको लुक्स लुकाइयो

अपराध मनोविज्ञानमा आधारित हाँस्य प्रधान चलचित्र ‘लुकामारी’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र वि.सं २०७३  साल जेठ २८ गते देशभर प्रदर्शन हुने पक्का भएको छ । चलचित्र भित्रका मुख्य पात्रहरुको लुकामारीलाई कलात्मक एवं मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको यसको निर्माणपक्षले जानकारी दिएको छ ।

काठमाण्डौ र काभ्रेमा छायांकन गरिएको यो चलचित्रलाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् । हाल, यो चलचित्रको धमाधम पोष्ट प्रोडक्शन र डविङको काम भैरहेको छ । काठमाण्डौमा सुनिल मानन्धर र काठमाण्डौ बाहिर एफडी कम्पनीले यो चलचित्रको वितरण गर्नेछ ।

चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह थारु, जे.वी.डीसी, रीस्ता बस्नेत, सुरविना कार्की, कृष्णभक्त महर्जन, प्रवण भुषाल र कुशल विष्टको मुख्य भूमिका छ ।

श्रीराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रमा सुसन प्रजापतिको छायांकन, विनोद खतिवडाको लेखन, कृष्ण भण्डारीको सम्पादन, विकास सिलवालको संगीत, अमृत महरठ्ठाको श्रृङ्गार छ । ग्लेज इन्टरटेन्मेन्ट प्रालीले यो चलचित्रको निर्माण गरेका हो ।

चलचित्रको निर्माणपक्षले उपलब्ध गराएको तस्बिरमा दुई नायिकाको लुक्स मात्र सार्वजनिक गरिएको छ । नायक सौगात मल्ल र कर्माको लुक्सलाई अहिले लुकाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा