मनोरञ्जन

शान्तिबाटिकाबाट कलाकारको नो हर्न र्‍याली (फोटो फिचर)

काठमाडौं, २१ बैशाख । ध्वनि नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले बैशाख १ गतेदेखि शुरु गरेको ‘नो हर्न अभियान’लाई सफल बनाउन राष्ट्रिय कलाकारहरुले सक्रियता जनाएका छन् ।

विहीबार राष्ट्रिय कलाकारहरुको टोलीले कठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकाबाट जनचेतनामूलक ¥याली निकालेका हुन् । शान्तिबाटिकाबाट शुरु भएको कलाकारको ¥याली जमल–घण्टाघर– भद्रकाली हुँदै शान्तिबाटिकामा पुगेर टुंगिएको थियो । उनीहरुले विभिन्न जनचेतनामूलक प्ले कार्ड र व्यानर बोकेर ¥यालीमा सहभागिता जनाएका थिए ।

3
नयाँ बर्ष २०७४ को पहिलो दिनदेखि काठमाडौंमा लागू गरिएको नो हर्न अर्थात हर्न बजाउन निषेध नियम प्रभावकारी बन्दै गएको ट्राफिक प्रहरीले जनाएको छ । नो हर्न अभियान प्रभावकारी बनाउन महानगरपालिकाका कर्मचारीले तदारुकता देखाइरहेका बेला विभिन्न संघ संस्थाहरुले पनि आ–आफ्नो क्षेत्रबाट सक्रियता देखाउन थालेको पाइएको छ ।

5

नो हर्न शुरु भए यता सवारी साधन चालक पनि सचेत बनेका छन् । ट्राफिक प्रहरीले समेत नियमको पालना नगर्ने सवारी चालकलाई कारबाही गर्नुका साथै दुर्घटनाका घटना पनि न्यून हुँदै गएको जनाएको छ । अनावश्यक स्थानमा हर्न बजाएमा पाँच हजारसम्म जरिवाना गर्न सकिने अधिकार ट्राफिक प्रहरीसँग रहेको छ ।

1

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा