मनोरञ्जन

०७४ मा चलचित्र क्षेत्रका उतार-चढाव

काठमाडौं, ३ बैशाख । नेपाली चलचित्रको इतिहासमा ‘ब्याक टु ब्याक’ चलचित्र सफल भएको सन्दर्भलाई हेर्ने हो भने २०७४ लाई सुखद मान्न सकिन्छ । ०७४ सालमा प्रदर्शनमा आएका ९० बढी चलचित्रमध्ये झण्डै दुई दर्जन बढी चलचित्रले सफलता हासिल गरे । जसमा पनि १५ वटा चलचित्रले बक्स अफिसमा सम्झन योग्य छाप छाडे ।

कुनै चलचित्रले अपत्यारिलो सफलता हात पारे भने कसैले इनिसियल व्यापार राम्रो गर्न सफल भए त कोही चलचित्र पब्लिक च्वाइसबाट अवार्ड पाउन सफल रहे । ०७४ मा  प्रदर्शनमा अाएका चलचित्र घामपानी, राधे, म यस्तो गीत गाउँछु, प्रेम गीत २, धुम–२, ए मेरो हजुर–२, २ रुपैयाँ छक्का पञ्जा–२, बक्स अफिसमा सफलता हात पार्दै चलचित्रको शुखद कारोबार शुरू गरेका थिए ।
त्यसैगरी ऐश्वर्य, मिस्टर झोले, धुम–२, फाटेको जुत्ता, झ्यानकुटी, पिँजडा व्याक अगेन, कान्छी, तिमीसँग, मंगलम्, सत्रुगते, नेप्टे र लिलिविलीसम्म आइपुग्दा झण्डै ९० बढी चलचित्र प्रदर्शनमा आएका थिए । यी सबै चलचित्रलाई उछिनेर छक्कापञ्जा–२ ले अहिलेसम्मकै सर्वाधिक रकर्ड बनाउन सफल रह्यो । त्यसपछि व्यावसायिक रुपमा सफल चलचित्रको रुपमा ए मेरो हजुर–२, प्रेम गीत–२, म यस्तो गीत गाउँछु, २ रुपैयाँ र शत्रुगतेलाई लिन सकिन्छ ।

कम लगानीमा निर्माण भएको चलचित्र फाटेको जुत्ता पनि लगानी अनुरुपको व्यावसायिक सफलता हात पार्न सफल भयो । यसैगरी वितरकहरु मर्कामा परेपनि फिक्समा चलचित्र बेचेका कारण निर्माता छवि ओझा आफ्नो चलचित्रबाट व्यावसायिक डुबानबाट उन्मुक्ति पाउन सफल रहे । त्यसैगरी निर्माता निशा अधिकारी र सिमोन सुनार आफ्नो चलचित्रमा कम लागनी कम लगानी गरेकै कारण उत्रिन सफल रहे । त्यसैगरी कम लागनीबाटै सफलता हात पार्न सफल रहेको अर्को चलचित्र धुम–२ ले पनि अपत्यारिलो सफता व्यहो¥यो । ०७४ मा प्रदर्शनमा आएकामध्ये सफल भएको अवस्थालाई तुलना गर्ने हो भने चलचित्रका लागि यो वर्ष स्वर्णिम सावित भयो ।

चलचित्रको समिक्षा गर्नुपर्दा वर्ष ०७४ लाई अर्को कोणबाट पनि विवेचना गर्नु अझ सान्दर्भिक देखियो । वास्तवमा यो वर्ष चलचित्र क्षेत्रमा सिक्वेलको दबदबा देखियो । स्विकेलमा बनेका चलचित्रले राम्रै सफलता व्यहोरे । जसमा प्रेम गीत–२, छक्का पञ्जा–२, ए मेरो हजुर–२, धुम–२, मिस्टर झोले, पिँजडा व्याक अगेन लगायतले राम्रै व्यापार गरे ।

चलचित्रको क्षेत्रको निगरानी गर्ने सरकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्षको नियुक्तिले पनि राम्रै चर्चा बटुल्यो । विवादस्पदरुपमा नियुक्त गरिएको भन्दै निकिता पौडेल विवादमा तानिए पनि उनको कामले प्रशंसा पायो । उनले बक्स अफिस लागू गर्ने निर्णय देखि दोलखामा निर्माण हुने चलचित्र स्टूडियोको उद्घाटनले तारिफ बटुल्न सफल भइन् ।

त्यसैगरी यो वर्ष प्रदर्शनमा आएका चलचित्रका अधिकांश गीतहरुले दर्शकको मन जित्न सफल भए ।  चलचित्र २ रुपैयाँको कुटुमा कुटु बोलको गीतले सर्वाधिक चर्चा बटुल्यो भने छक्का पञ्जा–२ को नाइलनको सारीमा, मंगलमको पर्ख पर्ख मायालु…, शत्रुगतेको रुपै मोहनी, ऐश्वर्याको तिमी रोएको पल लगायत गीत हिट भए । गीतकै कारण पनि चलचित्र चलेको प्रष्ट देखियो । जुन चलचित्रको गीत सर्वाधिक चलेको थियो त्यही चलचित्रले दर्शक बटुल्न पनि सफल भएको पाइयो ।

यसैगरी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुवातीमा चलचित्र क्षेत्रलाई नै उर्जा दिने काम गरे । उनले कथाले मागेको नभएर देशले मागेको चलचित्र बनाउन सुझाए । उनले आफ्नो भारत भ्रमणमा समेत दुई कलाकार राजेश हमाल र दिनेश डिसीलाई सँगसँगै लगेका थिए । त्यतिमात्र नभएर यो वर्ष राजनीतिक दलका शीर्ष नेताहरुको माया चलचित्र क्षेत्रले पायो ।

यो वर्षमा चलचित्र सफल हुनका पछाडि निर्माता, निर्देशक र कलाकारहरुको भूमिका अतुलनीय भएपनि चलचित्रको प्रचार प्रसारका लागि विभिन्न फण्डा अपनाउने गरेको देखियो । कहिले सामाजिक सञ्जालमा भए नभएका स्क्याण्डल रचेर दर्शक प्रभावित गर्ने काम गरेको पाइयो । चलचित्रको गीत रिलज भएको २४ घण्टा नवित्दै करोड भन्दा बढी दर्शकले भ्यू ग¥यो भनेर प्रचार बाजी गरेकै कारण दर्शकहरुमा भ्रम छर्ने काम गरेको पनि पाइयो ।

तर, यसका पछाडिक कसरी गीत अथवा चलचित्रको प्रमोलाई करोडको क्लवमा प्रवेश गराइयो भन्ने कुरा दर्शकले बुझेनन् । निर्माताले चलचित्रको प्रोमो तथा गीतलाई डलर खर्चेर धेरै दर्शकमाझ पु¥याउन गरेको हर्कतका विषयमा आम दर्शक अनभिज्ञ हुँदा पनि यस्तो अवस्था आएको हो ।

यस्तै, चलचित्र क्षेत्रमा लामो समय योगदा पु¥याएका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मानव बेचविखनको आरोपमा जेल चलान भएको प्रसंग र गीत चोरीका कारण कृ चलचित्रका निर्माता सुवाश गिरीमाथि लगाइएको मुद्धाले पनि मिडियामा चर्चा पाए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा