बिशेष समाचार

पार्टपुर्जा निकालीरहेको अवस्थामा चोरीका बाइक फेला

अप्सरा,भदौ–काठमाण्डौं । दशैं तिहार जस्ता चाड नजिकिंदै गर्दा चोरीका घटना पनि बढिरहेका छन् । आज काठमाडौंको पानीपोखरीमा दुई वटा चोरीका बाइक फेला परेका छन् ।

आज बिहान साढे आठ बजेतिर दुइ ब्यक्तिले मोटरसाइकलका पार्टपुर्जा निकालीरहेको देखिएको स्थानिय बासिन्दाले बताएका छन् । उनीहरुले आफू मोटरसाइकल वर्कसपका कर्मचारी भएको र मोटरसाइकल मर्मत गरिरहेको बताएको प्रतक्ष्यदर्शीको भनाइ छ । केही समयपछी मोटरसाइकल बेवारिसे छोडिएको अवस्थामा भेटिएका थिए । धरै बेरसम्म मोटरसाइकल लिन कोही नआएपछी स्थानियले प्रहरीलाइ खबर गरेका थिए ।

प्रहरीले घटना बारे अनुसन्धान गरिने बताएको छ । प्रायजसो मानिसको चहलपहल कम हुने ठाउमा यस्ता गतीबिधि हुने प्रहरीको भनाइ छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा