बिशेष समाचार

अन्तर्राष्ट्रिय नारी दिवस, महिलाको नेतृत्व संसारका कुन–कुन ठाउमा

हिमाल कोइराला । आज मार्च आठ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । सन् २०१७ मा नारी दिवस मनाइरहँदा आज पनि विश्वमा महिलाहरु पछि परेको देखिन्छ । त्यसैको एक उदाहरणका रुपमा महिलाहरु मुलुकको नेतृत्व तहमा नपुग्नुलाइ लिन सकिन्छ ।
हाल विश्वका १५ मुलुकमा मात्र महिलाहरु मुलुकको नेतृत्व गर्ने पद अर्थात् राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा रहेका छन् । हाम्रै मुलुक नेपालमा विद्या भण्डारी विगत डेढ वर्षयता राष्ट्रपतिको भूमिका निर्वाह गरिरहेकी छिन् । अर्को दक्षिण एशियाली मुलुक बगंलादेशमा पनि शेख हसिना वाजेद सन् २००९ देखि प्रधानमन्त्री रहेकी छिन् । त्यस्तै ताइवानमा साइ इन वेङ गत वर्ष भएको आम निर्वाचनमा विजयी भएर राष्ट्रपतिका रुपमा कार्यरत छिन् । युरोपका ८ मुलुकमा महिलाको नेतृत्व रहेको छ । बेलायतमा टेरेजा मेले प्रधानमन्त्रीका रुपमा गतवर्षको जुलाइदेखि पद सम्हालिरहेकी छिन् । एन्गेला मर्केल विगत १२ वर्षयता चान्सलरको रुपमा जर्मनीको नेतृत्व गरिरहेकी छिन् ।
एर्ना सोल्बर्गले साढे तीन वर्षयता प्रधानमन्त्रीका रुपमा नर्वेलाइ विकासको पथमा अघि बढाइरहेकी छिन् । पोल्याण्डमा पनि बेइटा स्ज्दालो विगत दुइ वर्षयता प्रधानमन्त्रीका रुपमा रहेकी छिन् । आगामी मार्च १० मा पुर्व सोभियत मुलुक इस्टोनियाकी राष्ट्रपति केर्स्टी कालुलेइदले राष्ट्रपतिको पद सम्हालेको ५ महिना पुरा हुनेछ । अर्को पुर्व सोभियत मुलुक लिथुएनियामा डालिया ग्राइबउस्केट सन् २००९ यता राष्ट्रपतिका रुपमा आफ्नो जिम्मेवारी पुरा गरिरहेकी छिन् । युरोपको अर्को मुलुक क्रोएशियामा कोलिन्दा गर्बार कितारोबिच दुइ वर्षयता राष्ट्रपतिको पदमा आसिन छिन् ।
भूमध्य सागरीय टापु मुलुक माल्टाकी राष्ट्रपति मारेइ लुइस कोलेइरो प्रेकाले पनि पद सम्हालेको तीन वर्ष पनि पुगेको छैन । ल्याटिन अमेरिकी मुलुक चिलीमा मिशेल बाचलेटले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको तीन वर्ष पुगेको छ । पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा एलेन जोनसन सरलेफ ११ वर्षयता राष्ट्रपतिको भूमीकामा रहेकी छिन् । दक्षिण प्रशान्त महासागरीय टापु मुलुक मार्शल टापुमा हिल्डा हेइनले गत वर्षको जनवरीदेखि राष्ट्रपतिको जिम्मेवारी बहन गरिरहेकी छिन् ।
त्यस्तै हिन्द महासागरको पश्चिममा रहेको अर्को टापु मुलुक मौरिससमा पनि अमिना गुरी फकिम राष्ट्रपतिका रुपमा सन् २०१५ को डिसेम्बर देखि राष्ट्रपतिका रुपमा रहेकी छिन् । दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेलाइ भने त्यहाँको संसद्ले महाअभियोग लगाएको छ । दक्षिण कोरियाली संवेधानिक अदालतले उनको फौसला आगामी शुक्रबार गर्ने जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

9 comments

  1. 337864 306734Some genuinely good and valuable information on this site , besides I feel the style contains great capabilities. 611317

  2. 953845 40755I actually enjoy examining on this internet web site , it has got excellent posts . 952271

  3. 28723 433204quite good post, i actually adore this web website, carry on it 213516

  4. 711464 80266Its always great to learn ideas like you share for weblog posting. As I just started posting comments for weblog and facing dilemma of lots of rejections. I think your suggestion would be beneficial for me. I will let you know if its work for me too. 881190

  5. 733499 177981Thanks for the post, was an intriguing read. Curious as to how you came about that solution 655540

  6. friv says:

    964372 977365TeenVogue? Seeking for fashion advice, celebrity buzz or beauty trends? Discover it all in Teen Vogue 315425

  7. bet says:

    704650 197143Hey There. I discovered your weblog making use of msn. That can be a really smartly written article. I will make certain to bookmark it and come back to read much more of your useful details. Thanks for the post. I will surely return. 455951

  8. ADME says:

    34842 335608I got what you mean , saved to bookmarks , very decent site. 457421

  9. 761534 683156Woh I like your posts , saved to fav! . 455748

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा