बिशेष समाचार

उत्तर कोरियाका कारण चीन–अमेरिका सम्बन्धमा चिसोपना

हिमाल कोइराला । एजेन्सीहरुको सहयोगमा । उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परिक्षणले विश्वका दुई ठूला अर्थतन्त्रहरु अमेरिका र चीनको सम्बन्धमा असर परेको विश्लेषण सुरु भएको  छ ।

चीनलाई उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम बन्द गर्न उत्तरमाथी दबाब दिन आग्रह गर्दै आएको अमेरिका उत्तरको क्षेप्यास्त्र परिक्षण पछि असन्तुष्ट बनेको हो ।

यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङ जर्मनीको हामबर्गमा भेटवार्ता गर्दै छन् ।

चर्को अन्तार्राष्ट्रिय नाकाबन्दी र विरोधका बावजुद उत्तर कोरियाले ‘अमेरिकीहरुलाई उपहार’ भन्दै अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनसँग रुष्ट बनेका छन् ।

चीनले आणविक तथा क्षेप्यास्त्र कार्यक्रम बन्द गर्न उत्तर कोरियामाथी आवश्यक दबाब दिन नसकेको भन्दै राष्ट्रपति ट्रम्प चीनसँग रुष्ट बनेका हुन् ।

ट्रम्पले ट्विट गर्दै चीन र उत्तर कोरियाको व्यापार यस वर्षको पहिलो तीन महिनामा ४० प्रतिशतले बढेको भन्दै असन्तुष्टिको प्रस्ट संकेत दिएका हुन् । उत्तर कोरियालाई आणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्न आग्रह गर्दै आएका छन् ।

चीनले भने कोरियाली प्रायद्विपलाई निशस्त्रिकरणको पहल गर्न अमेरिकाले कोरियाली प्रायद्विपमा गर्दै आएको सैन्य अभ्यास बन्द गर्नुपर्ने जवाफ दिँदै आएको छ ।

गतसता अमेरिकाले चीनले सार्वभौमिकता दाबी गर्दै आएको ताइवानलाई १ अर्ब ४२ करोड अमेरिकी डलर बराबरको हतियार बेच्न जनाएपछि चीन पनि अमेरिकासँग असन्तुष्ट रहेको बुझिन्छ ।

त्यस्तै अमेरिकाले दक्षिण चीन सागरमा सार्वभौमिकताको विवाद चलिरहेका बेला अष्ट्रेलियासँग संयुक्त नौसैनिक अभ्यास गरेपछि चीन थप रुष्ट बनेको छ । यसैक्रममा चीनले उत्तर कोरियामाथी सैन्य हस्तक्षेप गर्नुपर्ने अमेरिकी भनाईमा असहमती जनाएको छ ।

गत अप्रिलमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग फ्लोरिडाको मार अ लेगो रिसोर्टमा भेटेयता ट्रम्प प्रशासनको अमेरिका र चीनको सम्बन्ध सुधार हुँदै आएको अनुमान गरिएको थियो ।

त्यसयता ट्रम्पले बेला बेला चिनियाँ राष्ट्रपतिलाई टेलिफोन गरी दुई मुलुकको सम्बन्ध सामान्य रहेको संकेत गर्दै आएका थिए । शुक्रबारबाट जर्मनीको ह्यामबर्गमा हुने जी ट्वेन्टी मुलुकहरुको सम्मेलनमा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच हुने भनिएको भेटवार्ता पछि अमेरिका र चीनको सम्बन्धले कस्तो मोड लिन्छ त्यो भने हेर्न बाकी नै छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा