बिशेष समाचार

उत्तर कोरियाले अमेरिकी नागरिकलाई के गर्‍यो ?

उत्तर कोरियाले गत शुक्रबार एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको दक्षिण कोरियाली सञ्चारमाध्यम योन्हापले जनाएको छ । उत्तर कोरियाले नियन्त्रणमा लिएको कोरियाली मुलका अमेरिकी नागरिकका थर मात्र खुलाइएको छ ।

किम थरका अमेरिकी नागरिक चिनियाँ विश्वविद्यालयका पुर्व प्राध्यापक रहेको बताइएको छ । उनलाई उत्तर कोरियाको राजधानी प्योङ्याङमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको योन्हापले जनाएको छ ।

उनी राहत र सहायता कार्यक्रमबारे छलफल गर्न उत्तर कोरिया गएको जनाइएको छ ।

यससँगै उत्तर कोरियाले नियन्त्रणमा लिएका अमेरिकीको सङ्ख्या तीन पुगेको छ । गत वर्षको जनवरीमा उत्तर कोरिया पुगेका एक २१ अमेरिकी विद्यार्थीलाई दस्तावेज चोरको आरोपमा पक्राउ गरिएको थियो ।

अमेरिकी नौसैनिक युद्धपोत कोरियाली प्रायद्विपतर्फ अघि बढिरहेका बेला उत्तर कोरियाले अमेरिकी नागरिकलाई पक्राउ गर्नुलाई महत्वका साथ हेरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा