बिशेष समाचार

उपभोक्ता ठग्ने दरबारमार्गका ८ जना व्यापारी पक्राउ

बुधबार, कार्तिक १५, २०७४

काठमाडौ, १५ कार्तिक । न्यूरोड र दरबारमार्ग क्षेत्रमा ब्राण्डेड सामानका नाममा उपभोक्ता ठग्ने ८ वटा पसलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ८ जनालाई कालोबजारी ऐनअन्तर्गत कारवाहीका लागि प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले पक्राउ गरेका व्यापारीहरुमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, लेवल्स स्टोरका सुवास महर्जन, दिपेन्द्र महर्जन, तिरुपति लिवर्टी जुत्ताका नन्दन विहानी, एडभेन्चर आउटडोरका रोशन ओडारी, एभीन्यू मार्केटका उत्तम कुमार वस्नेत, लाइफ स्टाइल इन्टरप्राइजेजका श्रीकृष्ण महर्जन, प्लाटिनम ट्रेडका प्रवीन झा, रौनक शर्मा र बेन्ट्लेका तुलशीधर भण्डारी रहेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा