बिशेष समाचार

उपभोक्ता स्वास्थ्यमा बढ्दो खेलवाड

लिला
काठमाडौं, ११ असार । व्यपारीले  धेरै नाफा कमाउने होडबाजीमा वजारमा आएका फलफूल तथा तरकारीमा विभिन्न खालका विसादी प्रयोग गरिदा उपभोक्ताको स्वास्थ्यमाथी गम्भिर खेलवाड भैरहेको छ ।

बाली संरक्षण निर्देशनालय मातहतको द्रुत बिषादी अवशेष विश्लेषण इकाईले अर्गानिक फास्फेट र कार्वानेट नामक विसादी मात्र परिक्षण गर्नेगर्छ । भारत लगायत विभिन्न ठाउँबाट काठ्माडौं आयात हुने फलफूल मुख्यतः कालिमाटी फलफूल तथा तरकारी बजार, कुलेश्वर र बल्खु तरकारी बजारमा भण्डारण गरेर कारोबार हुने गर्दछन् । तर बाहिरबाट  भित्रयाइएका तरकारी तथा फलफुलको बाली संरक्षण निर्देशनालय मातहतको यो द्रुत बिषादी अवशेष विश्लेषण इकाईले कालिमाटी तरकारी बजारमा ल्याइएका नमुनाको मात्र परिक्षण गर्ने गर्छ । त्यो पनि बिहान ६ वजे भित्र भित्रिएका फलफूल र तरकारीको मात्रै ।

अचम्म त के छ भने सार्वजनिक विदाको दिन त कालिमाटी भित्रिएका फलफूल तरकारीको पनि कुनै परिक्षण गरिदैन । जसबाट उपभोक्ताको स्थास्थ्यमा गम्भिर खेलवाड भएको छ । एकातिर राज्यसँग नै आवाश्यक उपकरणको अभाव छ भने अर्कोतिर भएका उपकरणको उचित प्रयोगको अभावमा सर्वसाधारणको आँखामा छारो हाल्ने काम मात्रै भएको छ ।

व्यापारीले छोटो समयमै नाफा कमाउने उदेश्यले फलफूल तथा तरकारीमा विषादी प्रयोग गर्ने गरेपनि सरकारी निकायले त्यसको प्रभावकारी नियमन गरेको छैन । यसबाट आम उपभोक्ताको स्वास्थ्यमा सरकार आफैले गम्भिर खेलबाड गरेको देखिन्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा