बिशेष समाचार

कति छन् सरकारी सवारी सरकारलाई नै थाहा छैन

काठमाडौ, १८ फागुन । सरकारी सवारी साधानहरुको अभिलेख राख्ने निकाय नै नभएको खुलासा भएको छ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समिति अन्तरगतको उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदनले सरकारी सवारी साधनको अभिलेख राख्ने निकाय नरहेको तथ्य खुलेको हो ।
अभिलेख राख्ने निकायको अभावमा सरकारी सवारी साधनको व्यापक दुरुपयोग भएको पनि उपसमितिका संयोजक जनकराज जोशीले जानकारी दिनु भयो ।

उपसमितिले बुधबार विभिन्न मन्त्रालयका सचिवहरुसँग परामर्श गर्दा मन्त्रालयमा भएका सवारी साधनहरुको अभिलेख राख्ने निकाय नै नभएको पाइएको छ ।
उपसमितिले धेरैजसो सरकारी सवारी साधन दुरुपयोग हुने गरेको निष्कर्ष समेत निकालेको छ । राजनीतिक दवाबका कारण सवारी साधनको दुरुपयोग हुने गरेको उपसमितिको अध्ययनमा देखिएको छ ।

राजनीतिक नेतृत्वले दिने दवावका पनि सरकारी साधनको दुरुपयोग हुने गरेको पाइएको उपसमितिका संयोजक जोशीले बताउनु भयो ।
उपसमितिले २० वर्ष पुराना सरकारी सवारी साधन संचालनमा रोक लगाउने गरी सवारी साधनहरुको तथ्यांक संकलनको कामलाई पनि अघि बढाएको छ ।

उपसमितिले कृषि मन्त्रालयमा मात्रै १ सय ३८ वटा सवारी साधान २० वर्ष पुराना रहेको र त्यो संख्या बढ्न सक्ने देखिएको पनि जनाएको छ । सुशासन तथा अनुगमन समितिले सरकारी सवारी साधन दुरुपयोग हुने गरेको गुनासो आएपछि त्यसको अध्ययन गर्न जोशी नेतृत्वको उपसमिति गठन गरेको हो ।

उपसमितिले सरकारी सवारी साधानको अवस्थाबारे सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा