बिशेष समाचार

काँग्रेसको घोषणापत्र सार्वजनिक गर्दै देउवाले भने कम्युनिष्ट शाशन आए रुन पनि पाइन्न :

काठमाडाै, १४ कार्तिक । मंसीरमा हुने चुनावका लागि तयार गरिएको काँग्रेसको घोषणापत्रमा एमालेलाई राष्ट्रिय एकता र समृद्धिको बाधक उल्लेख गरिएको छ । काँग्रेसले माओवादीलाई अस्थिर राजनीतिको लाभ लिन खोज्ने अवसरवादी प्रवृत्ति भएको पार्टीका रुपमा ब्याख्या गरेको छ ।

काँग्रेसको चुनावी घोषणापत्रमा समावेशी लोकतन्त्र र मानवअधिकार, आर्थिक समृद्धिको अभियान चलाउने, युवालाई आधुनिक नेपाल निर्माणमा प्रयोग गर्ने, पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि हासिल गर्ने लगाएतका विषय समेटिएको छ ।

अबको १० वर्षमा कुल गार्हस्थ उत्पादन १ सय खर्बको हाराहारीमा पुर्‍याउने, ५ खर्ब रुपैयासम्म बैदेशिक लगानी ल्याउने, भोकमरी निर्मुल पार्ने, सबै नागरिकको स्वास्थ्य बिमा गर्ने , १५ हजार मेघावाट बिजुली उत्पादन गर्ने लगाएका विषय राखिएको घोषणापत्र सभापति शेरबहादुर देउवा लगाएका नेताहरुले सार्वजनिक गरेका हुन् ।

घोषणापत्र सार्वजनिक गर्दै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रविरोधी शक्तिहरु एकजुट भएको र कम्युनिष्ट शासन आए अहिले जनताले पाएका अधिकार खोस्ने भन्दै प्रजातन्त्र जोगाउन काँग्रेसलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले बाम गठबन्धनले संविधानको मुलमर्ममाथि नै प्रश्न उठाउन खोजेको भन्दै निरंकुशतातर्फ लैजाने उनीहरुको योजना सफल हुन नदिने बताउनुभयो ।

काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले बाम गठबन्धन काँग्रेसका लागि चुनौती भएको र त्यसको सामना गर्न सबै प्रजातान्त्रिक शक्तिहरु एक भएको बताउनुभयो । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा भएको घोषणापत्र सार्वजनिक कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य लगाएका नेताहरु उपस्थित थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा