बिशेष समाचार

कैदीले बनाएका मुढाको माग बढ्यो

बाग्लुङ, १० फागुन । बाग्लुङका कैदीबन्दीहरुले कारागारभित्र बा“सको मुढा निर्माण गरि बिक्रि गर्दै आएका छन । श्रम र सिपको उपयोग गर्दै बन्दीहरुले बा“सको सिन्का र नाइलनको डोरीको प्रयोगबाट दैनिक मुढा उत्पादन गर्दै आएका हुन ।
उत्पादित हस्तकलाको मुढाको माग बजारमा अत्यधिक भएपछि बन्दीहरुलाई मुढा बनाउन भ्याई नभ्याई भएको छ ।

बागलुङ कारागारमा विभिन्न मुद्दामा जेल जीवन बिताउँदै आएका कैदी बन्दीले मेहनत गरी मासिक ५ सय भन्दा बढि मुढा उत्पादन गर्दै आएका छन ।

बन्दीले उत्पादन गरेका अधिकाशं मुढा सदरमुकाममा नै खपत हुदै आएको कारागार प्रमुख यज्ञप्रसाद रिजालले बताउनुभयो ।
गुणस्तरीय उत्पादन भएपछि मूढाको माग समेत बढेको छ । माग बढदै गएपछि बजारबाट बाँस, नाइनलको डोरी खरिद गरी कारागारमा रहेका अधिकांश कैदी बन्दीले मुढा बनाउने गरेका छन् ।
एउटा मुढा ४ सय देखि ७ सय रुपैय सम्ममा बिक्रि हुदै आएको छ । बजारमा बाहिरी जिल्लाबाट आएको मुढा भन्दा कारागारका कैदी बन्दीले बनाएको मुढा राम्रो ,गुणस्तरीय र सस्तो मुल्यमा बिक्रि हुने भएपछि माग बढदै गएको रिजालको भनाइ छ ।

बागलुङ कारागारमा रहेका कैदी बन्दीले बनाएको मुढा सहज रुपमा बिक्री हुदै आएपछि कारागारका बन्दीले मासिक दुई लाख रुपैया“ भन्दा बढि आम्दानी लिने गरेका छन । उत्पादित मूढा पर्बत, म्याग्दी लगायत पोखरामा समेत खपत हुँदै आएको कारागारले जनाएको छ । मुढा राम्रो र सस्तो भएको कारण अरु मुढा भन्दा बन्दीले बनाएको मुढा बढी बिक्री हुने गरेको व्यापारीहरुको भनाइ छ ।
बन्दीहरुले फुर्सदको समयमा मेहनतका साथ बनाएको मुढा बिक्री वितरण गर्ने व्यवस्था भने कारागार शाखाले मिलाएको छ । अहिले नियमित रुपमा ४० जनाले मुढा बनाउँदै आएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा