बिशेष समाचार

खै भूकम्पपीडितलाई राहत ? त्रिपालभित्रै बित्ने भो वर्षा

श्रीकृष्ण
काठमाडौं, ११ असार । विनासकारी भूकम्प गएको १४ महिना बितेको छ । वर्षाका कारण पीडित थप मारमा परेपनि पुनर्निर्माण प्राधिकरणले प्रभावकारी काम गर्न नसक्दा सरकारी राहतको आसा गर्नु बाहेकको विकल्प छैन, पीडितहरुसँग ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पीडितलाई यो वर्षा अगावै छानामसनि ल्याइसक्ने भाषण गरेपनि पीडितको हातमा अहिलेसम्म अनुदानको किस्ता रकम सकेत पुग्न सकेको छैन । पूननिर्माण प्राधिकरणको गठन भएपनि पीडितले प्रत्यक्ष अनुभुति हुनेगरी अहिलेसम्म पनि घोषणा गरिएको राहत पाउनु त के पीडितलाई दिने अनुदानको सम्झौता नै सकिएको छैन । जसका कारण वर्षाले छोपीसक्दा समेत पीडितहरु खुला आकासमुनि बस्न बाध्य छन् ।

सरकारको ढिलासुस्तीले भूकम्पबाट भत्किएका भौतिक संरचना पुनर्निर्माणको लागि दाताले दिने घोषणा गरेको चार खर्ब ४० अर्ब रुपैंयाँ समेत अन्यौलमा परेको छ । अझ पीडितका लागि दिन भन्दै विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग ९० अर्ब रुपैयाँ बढी रकमको सम्झौता भएरपनि पीडितसमक्ष पुग्न सकेको छैन ।

नीजि घरमात्र होइन, सरकार आफैंले सरकारी भवन, विद्यालय, स्वास्थ्य र प्रहरीचौकी बनाउने भनेर गरेको घोषणाको समेत अहिलेसम्म कार्यन्वयन भएको छैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा