बिशेष समाचार

चुनावको वातावरण वन्दैछ ?

प्रकाश गिरी । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा प्रश्न उब्जिएको छ–के चुनावको माहौल वन्दैछ ?
प्रमुख राजनीतिक दलहरु चुनाव केन्द्रित कार्यक्रममा ब्यस्त छन । नेकपा एमाले मेची महाकाली अभियानमा छ । उसको पछि पछि राप्रपाले पनि अभियानको थालनीको घोषणा गरिसकेको छ । नेपाली कांग्रेस पनि गाउ केन्द्रित कार्यक्रममा ब्यस्त छ । यसरी देशका प्रमुख राजनीतिक दलहरु चुनावी अभियानमा केन्द्रित छन । र,यी अभियान मार्फत उनीहरु चुनावको अपरिहार्यता र यसको आवश्यकताको बारेमा बताइरहेका छन ।
अलग अलग मञ्चबाट नेताहरुले एउटै कुरा भनिरहेका छन–चुनाव नभए प्राप्त उपलब्धि गुम्न सक्छ ।
सर्वोच्च अदालतले हालै गरेको फैसलाले पनि चुनाव नगरि सुख छैन । उसले संसदको म्याद थप्न मिल्दैन भनिसकेको छ । यस आधारमा अब राजनीतिक दलहरुले घोषणा भएको मितिमा चुनाव गर्नुको विकल्प छैन ।
तर,अहिले जसरी राजनीतिक दलहरु अघि बढिरहेका छन,के यस आधारमा चुनावको माहौल वन्दैछ भन्न सकिन्छ ?
नेपाली राजनीतिक आकाशमा अबका दिनमा यो प्रश्न निकै महत्वपुर्ण हुदै जानेछ ।
चुनावको लागि राजनीतिक दलहरु चुनाव केन्द्रित हुन जरुरी छ । तर,निर्वाचन आयोगले निर्वाचन आचार संहिता समेत जारी गरिसकेको अवस्थामा हरेक दल कसरी प्रस्तुत हुने भन्ने महत्वपुर्ण सवाल हो । एकले अर्कोलाइ आरोप प्र्रत्योप गर्नाले संक्रमणकालको राजनीतिक आकाश धमिलो हुन सक्छ । तर केही दिन यता देखिको अवस्था भने विलकुल फरक खालको छ ।
पृथ्वी नारायण शाह पछि एकीकरणको जिम्मा एमालेले लिन्छ भनेर जसरी नेकपा एमालेले झापामा भन्यो,यसले मधेशी दललाइ झस्काइदिएको छ । उसैपनि एमाले मधेश झर्ने कुराले निके शशंकित मधेशी मोर्चा एमालेले एकिकरणको भाषा वोलेपछि झन आक्रोशित भएको छ ।
चुनावको माहौ वनाउन मधेश झरेको नेकपा एमाले र चुनाव हुन नदिन कटिवद्ध भएर लागेको मधेशी मोर्चा अहिले आमने सामने भएका छन । उनीहरु एकले अर्कोलाइ राजनीतिक दल भन्दा पनि भाग खोस्न आएको सौतेनी दाजुभाइको रुपमा हेरिरहेका छन । यसले चुनावको मुखमा राजनीतिक दलको विचमा हुनुपर्ने सौहार्दता घटेको छ । बरु,फेरि टिकापुर वा रौतहटमा जस्तै ताण्डव हुने हो कि भनेर मानिसहरु आतंकित अवस्थामा छन ।
लोकतन्त्रको उन्नत अभ्यास मतदानबाट हुन्छ । यो भयरहित,स्वतन्त्र हुनुपर्छ । जहा स्वतन्त्रता हुदैन,त्यहा प्रजातन्त्र हुदैन । जहा प्रजातन्त्र हुदैन,त्यहा छनौटको अधिकार हुदैन । तर,जो सधैं आतंक वा त्रासमा छ,त्यहा कसरी स्वतन्त्रता हुन्छ ?
चुनावको बेला सवै राजनीतिक दलले स्वतन्त्र गतिविधि गर्न पाउनुपर्छ । तर एकले अर्कोलाइ ललकार्ने र दुत्कार्ने परिपाटीले न लोकतन्त्र मजवुद हुन्छ, सही छनौट हुन्छ ।
अहिले चुनावको माहौल बनाउन भनेर मधेश झरेको एमाले र एमालेलाइ रोक्छौं भनेको मधेशी मोर्चा विचको सम्वन्ध जोगी र भैसीको जस्तो छ । आपसी विश्वास अभिवृद्धि नगर्ने हो भने यसले चुनावको वातावरण वन्दैन बरु यहि अभियानकै कारण वन्न लागेको माहोल झन विग्रन्छ । दुवै पक्ष संयमित हुने र आ–आफनो ढंगले गतिविधि गर्ने नै यसको समाधान हो ।
उसै पनि कुन दल बलियो वा को कमजोर भन्ने कुरा भाषण र भीडले तय गर्दैन । यसलाइ मतदानले नै टुगो लगाउछ । यस कारण अब सवैको ध्यान चुनावमा हुनुपर्छ । तर,हरेक दलले मैले जस्तै सोचुन,मैले जे चाहन्छु,त्यही होस भनेर कल्पना गर्न मिल्दैन । यसलाइ लोकतान्त्रिक चरित्र पनि भनिन्न ।
चुनावको लागि सवैभन्दा पहिला राजनीतिक माहौल वन्नुपर्छ । चुनावमा जब सम्म दलहरु सक्रिय हुदैनन र आ–आफना घोषणापत्र वा विचार वोकेर जनताकामो जादैनन तब सम्म चुनावको माहोल वन्यो भन्न मिल्दैन । र,हरेक दलले आफनो विचार जनता समक्ष लैजान पाउनुपर्छ । यदि यसमा अवरोध भयो भने सरकारले सुरक्षा दिनुपर्छ । र,जुन विचार जनताले मन पराउनेछन,त्यसैको जित हुन्छ र उसैले शासन गर्छ ।
तर,अहिलेको अभियान माहौल वनाउने भन्दा पनि के गर्दा चुनाव भाडिन्छ वा चुनाव हुदैन त्यस्तो गतिविधि गर्नेको भीड र जमात बलियो हुदैछ,यसलाइै वेलैमा तोडन नसके वैशाख ३१ गते आउनेछ र जानेछ तर चुनाव हुनेछैन । चुनावको लागि अझै पनि सार्थक वार्ता नै एक मात्र अचुक उपाय हो । घमण्ड र दम्भले चुनाव हुदैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. Chat says:

    790071 642221Ich kenne einige Leute, die aus Kanadakommen. Eines Tages werde ich auch dorthin reisen Lg Daniela 136203

  2. 328161 895401This post post created me believe. I will write something about this on my blog. 957602

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा