बिशेष समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सय दिन कति सफल कति असफल

एजेन्सी, १३ बैशाख । हिमाल कोइराला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेको सय दिन पुग्न मात्र तीन दिन बाँकी छ । ट्रम्पले आफ्नो पदभार ग्रहण गर्दा घोषणा गरेको सय दिने कार्यक्रम सफल वा असफल रहेको बारे बहस जारी छ ।

ट्रम्पले मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने, आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्ने र चीनसँगको ब्यापार घाटा कम गर्ने र अमेरिकामा रोजगारी सिर्जना गर्ने लगायतका योजना सार्वजनिक गरेका थिए ।

अमेरिकी सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रुपमा निल गोर्सचलाई नियुक्त गर्नु ट्रम्प प्रशासनको प्रमुख उपलब्धीको रुपमा हेरिएको छ । सन् २०१६ को सुरुतिर प्रधानन्यायाधीश एन्टोनिन स्कलियाको निधन भएपछि सर्वोच्च अदालतको पद खाली थियो ।

ट्रम्प प्रशासनले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गर्नुलाई ट्रम्पको प्रमुख उपलब्धी मानिएको छ ।

ट्रम्प प्रशासनले प्रशान्त क्षेत्र व्यापार सहकार्य सम्झौताबाट अमेरिका बाहिरिनु ट्रम्प प्रशासनको अर्को सफलताका रुपमा लिइएको छ ।

ट्रम्पले आफ्नो चुनावी अभियानमा प्रशान्त क्षेत्र सहकार्य व्यापार सम्झौता अमेरिकाको हितमा नरहेको र त्यसबाट बाहिरिनुपर्नेमा जोड दिँदै आएका थिए । ट्रम्पले कार्यकारी आदेश मार्पmत औपचारिक रुपमा सो सम्झौतबाट बाहिरिएको जनाएका थिए ।

ट्रम्पको सुरक्षा तथा विदेश नीति सफल रहेको विश्लेषण गरिएको छ । सिरियाली हवाई शिविरमा क्षेप्यास्त्र आक्रमण गर्नु, अफगानिस्तानमा सबैभन्दा ठुलो गैर आणविक बम खसाल्नु, कोरियाली प्रायद्विपमा जारी तनावका बीच कडा नीति अपनाउनु, चीनसँगको सम्बन्ध सुधार्नेतर्पm कदम चाल्नु ट्रम्पको महत्वपुर्ण उपलब्धी रहेको छ ।

ट्रम्पको कार्यकालको प्रमुख विषयका रुपमा मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने र पर्खाल निर्माणको सबै खर्च मेक्सिकोलाई नै तिराउने रहेको थियो । ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउन कार्यकारी आदेश पनि जारी गरेका थिए । तर, पर्खाल अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आगामी गर्मी मौसममा सुरु हुने जनाएपनि पर्खाल निर्माणको खर्च कसरी व्यवस्थापन गर्ने अझै स्पष्ट छैन ।

सय दिनको अवधीमा ट्रम्पको अर्काे असफलता निश्चित मुलुकका आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने रहेको थियो । सोही अनुसार ट्रम्पले इराक, इरान, सिरिया, यमन, लिबिया, सोमालिया र सुडानका आप्रवासीलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षार समेत गरेका थिए । तर, सुरुमा अमेरिकाको वाशिंटन राज्यको संघीय अदालत र पछि पुनरावेदन अदालतले ट्रम्पको आदेश खारेज गरिदिए । यसरी आप्रवासन नीति पनि ट्रम्पको सय दिने असफलतामा गनिन पुगेको छ ।

सय दिनमा सबैभन्दा आलोचना भएको विषय थियो रुससँग ट्रम्प प्रशासनका अधिकारीको सम्बन्ध । यसैक्रममा ट्रम्पले नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लानले राजीनामा समेत दिनु परेको थियो । अझै ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीमाथी रुससँग सम्बन्ध रहेको आरोप लाग्ने गरेको छ ।

पुर्व राष्ट्रपति बाराक ओबामाले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ओबामा केयर खारेज गर्न नसक्नुलाई ट्रम्पको अर्को असफलताका रुपमा हेरिएको छ । बाराक ओबामाले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम हटाउने त्यसको स्थानमा अर्को कार्यक्रम सुरु गर्ने ट्रम्पले घोषणा गरेका थिए । तर, कार्यक्रम पारित गर्न संसद्हरुको बहुमत आउन नसक्ने देखिएपछि सो प्रस्ताव खारेज गर्नु परेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

8 comments

  1. satta matka says:

    628145 571465Some genuinely very good articles on this internet site , thankyou for contribution. 336674

  2. 945881 526903An attention-grabbing dialogue is worth comment. I believe that its greatest to write extra on this subject, it wont be a taboo subject nevertheless generally individuals are not sufficient to speak on such topics. To the next. Cheers 652131

  3. 419583 534766Deference to op , some superb selective info . 218249

  4. seedboxes says:

    91789 992813Nicely picked details, numerous thanks towards the author. Its incomprehensive in my experience at present, even so in common, the convenience and importance is mind-boggling. Regards and all the very best .. 65950

  5. 332695 764770Very good day! This post could not be written any much better! Reading this post reminds me of my previous room mate! He always kept chatting about this. I will forward this write-up to him. Fairly certain he will have a good read. Thanks for sharing! 300158

  6. 940903 566090I take fantastic pleasure in reading articles with quality content. This post is 1 such writing that I can appreciate. Maintain up the very good function. 636675

  7. DMPK says:

    610470 522697Hey, you used to write superb, but the last couple of posts have been kinda boringK I miss your super writings. Past couple of posts are just a bit out of track! come on! 255923

  8. jeux de friv says:

    701747 108646This Los angeles Weight Loss diet happens to be an low and flexible going on a diet application meant for usually trying to drop the weight as well within the have a significantly healthier lifetime. shed weight 280067

Leave a Reply to GVK Biosciences Cancel reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा