बिशेष समाचार

दाईजोका कारण बाँकेमा महिलामाथि कुटपिट

तिलक गाउँले, बाँके–साउन । दाईजो नल्याएको निहुमा बाँकेमा एक महिलामाथि निर्मम कुटपिट भएको छ ।

banke kutpitनेपालगन्ज उप महानगरपालिका वडा नम्बर १९ बाले गाउँकी १८ वर्षिया आसरुन जोलहालाई दाइजो नल्याएको भन्दै उनका श्रीमान, सासु, ससुराले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेको छ । गत २३ गते कुटपिटबाट गम्भीर घाइते भएकी आसरुनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भैरहेको छ । आसरुनलाई कुटपिट गर्ने उनका श्रीमान २४ वर्षिय वसिम जोलहा, उनकी सासु बाबादैया जोलहालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

कुटपिटमा संलग्न  ससुरा सब्बिर जोलहा र काका नसिम जोलहा भने फरार रहेको प्रहरीले जनाएको छ । असरुनको उनका कान्छा ससुरा नसिरले २०७१ सालमा मागी विवाह गराइदिएका थिए । विगत ४ महिना देखि घरका सबै परिवार मिलेर आफूलाई कुटपिट गर्ने गरेको उनको भनाइ छ । यस अघि साउन २० गते पनि असरुनलाइ उनका परिवारले कुटपिट गरेपछि  जिल्ला प्रहरी कार्यालय बाकेमा मिलापत्र गराई छाडिएको थियो ।

मिलापत्र भएकै दिन श्रीमानले आफ्नो ज्यान लिने भन्दै मोटरसाईकलले खुट्टामा ठक्कर दिएको पीडितको गुनासो छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा