बिशेष समाचार

नेपालमा प्राकृतिक विपत्ति, असर र निकास 

–हरि न्यौपाने ।  एउटा चर्चित भनाई छ : ‘परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या त तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउँदैन् ।’ नेपालमा पनि फेरि एकपटक प्राकृतिक विपत्तिले ५० वर्षयताकै ठूलो धनजनको क्षति गराएको छ । ८ हजार बढीको ज्यान लिएको विनाशकारी भूकम्पपछि तन्किंदै गरेको अर्थतन्त्रमा यस पटकको प्राकृतिक विपत्तिले अर्को ठूलो धक्का दिएको छ । बाढीले ठूलो धनजनको क्षति मात्र गराएको छैन हजारौं विस्थपित भएका छन । कैयौं टुहुरा बनेका छन धेरैको मन नराम्रोसंग रुवाएको छ । बाढीपहिरो र डुबानका यस्ता समस्या देखिएको यो पहिलोपटक भने होइन । यसअघि पनि पटक पटक मुलुक डुबानमा परेको बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति गरेको घटनाबारे हामी अनभिज्ञ छैनौं । जस्तो कि अघिल्लो वर्ष जताततै डडेलोले सखाप बनाएको थियो । बाढीका कारण भौतिक संरचनामा बढी क्षति भए पनि पहिरोको कारण मानवीय क्षति बढी हुने गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्कले देखाएको छ ।

chhati

गृह मन्त्रालयले उपलब्ध गराएको पछिल्लो ५ वर्षको माथिको तथ्याङकले पनि पछिल्ला वर्ष बाढी र पहिरोका कारण बढी मात्रामा धनजनको क्षति हुने गरको देखिएको छ । नेपालको पहाडी क्षेत्र कमजोर भू–धरातल रहेकामा भुईंचालोपछि थप कमजोर बनेको तथा इञ्जिनियरिङ र भूगोलको अध्ययनबिना जथाभावी सडक निर्माणका कारण पहिरोका घटना बढ्दै गएको विज्ञहरुको भनाई छ । अर्कोतर्फ चुरेको अति दोहन, छोटो समयमा अतिवृष्टि र राज्यले प्रभावकारी भूउपयोग नीति बनाउन नसक्दा वर्षेनी बाढीको कारण नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ ।

भारतीय पक्षले नेपाली सीमामा लगाएका बाँध बाढीको अर्को कारक बनेको छ ।
विपद् जोखिम व्यवस्थापन विज्ञ डा. कृष्ण देवकोटाका अनुसार भू उपयोग नीतिको उचित कार्यान्वयन नहुनु, चुरेको बढ्दो दोहन, नदी किनाराको अव्यवस्थित बसोबासका कारण बाढीले ठूलो विनाश निम्त्यायो । तराईमा बाढीको समस्या हरेक वर्ष देखिँदा पहाडमा पहिरोको क्षति पनि उत्तिकै छ । देवकोटा भन्छन: ‘भूकम्पका कारण कमजोर संरचनामा भूगर्भको अध्ययन विना नै जथाभावी सडक खनियो । वन जंगलको समूचित प्रयोग हुन पाएन। अर्कोतर्फ बस्ती विकासमा उचित मोडल हाम्रोमा छैन । पूर्खादेखि बसिआएको भनेर जहाँ पनि पहाडमा जस्तोसुकै स्थानमा बस्ने गरेको पाईयो । यसले समस्या निम्त्यायो ’। देवकोटा अगाडि थप्छन : ‘ उचित भूउपयोग नीति अभाव छ । कहाँ विपद् छ, कहाँ बस्नका लागि ठूलो रिस्क छ त्यसबारे अध्ययन नै भएन भएका अध्ययनको कार्यान्वयन भएन । जसले गर्दा हामी यी समस्या हरेक वर्ष भोग्दै आएका छौँ । ’ ।

त्यसो त यस वर्ष अत्यधिक वर्षा भयो खोलाको बेगसंगै बाढी बस्तीभित्र पस्यो । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङकमा अनुसार बाढी पहिरोका कारण पछिल्लो पाँच वर्षमा एक हजार बढीको मृत्यु भैसकेको छ । बाढी पहिरोका कारण ५ सय बढी बेपत्ता भएका छन भने सोही अनुरुप घाइते भएका छन । गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङकमा बाढी, चट्याङ, हुरी र अन्य कारणबाट ८९१ को मृत्यु, १२९ बेपत्ता र ३० हजार बढी प्रभावित भएको जनाइएको छ ।

data mangalbar

स्रोत: http://drrportal.gov.np/reports.
यसअघि गृह मन्त्रालयले गत शनिबार सार्वजनिक गरेको तथ्याङकमा आर्थिक वर्ष २०६९/७० देखि हालसम्म बाढीबाट ४८० र पहिरोबाट ५५७ जनाको मृत्यु भएको छ । बाढीका कारण बेपत्ता हुनेको सफ््या भने पहिरोको भन्दा बढी रहेको तथ्याङ्कले देखाउाछ । बाढीका कारण ३४१ जना र पहिरोका कारण १९३ जना बेपत्ता भएका छन् । बाढीका कारण सबैभन्दा बढी मृत्यु हुने जिल्लामा बर्दिया ४५, सुर्खेत ३४, दाङ ३१, मोरङ २३, बाँके २४, सिन्धुली २०, रौतहट १८, सुनसरी १५, सर्लाही र नवलपरासी १३र१३, उदयपुर र सप्तरी १२र१२, मकवानपुर र कालीकोट ११र११, झापा १० र काठमाडौा नौजना छन् । बाढीका कारण सुर्खेतमा ९७, बर्दियामा २५, कालीकोटमा १७, मोरङमा र सुनसरीमा १२र१२, झापा र बाँकेमा १०/१०, सिन्धुलीमा नौ र कैलालीमा आठजना बेपत्ता भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

बाढीका श्रृङखला
एक दशकअघि कोशी नदीमा पानी बढेपछिको घटना अझै सेलाएको छैन । २०६५ साल भदै २ गते सप्तकोशी नदिले पूर्वी तटबन्ध भत्काएर गाउापसेपछि हजारौा मानिसहरुलाई विचल्लीमा पारेको थियो । त्यस क्षेत्रका स्थानीय अझै पनि त्यसबेलाको घटना भुल्न सकेका छैनन् । २०७१ साल साउन अन्तिम साता बाढी आयो । बाढीका कारण सुर्खेत, बर्दिया र दाङमा ठूलो मानवीय क्षति भयो । गृह मन्त्रालयका अनुसार बाढीका कारण त्यसबेला ९४ घाइते, ५९ हजार ९४ परिवारको आंशिक घर क्षति, ३८ हजार ३६ र नौ हजार ८३८ घर पूर्ण रुपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ । सोही अवधिमा बाढीका कारण १५ अर्ब दुई करोड ७५ लाख ३६ हजार ७३९ रुपैयाँ बराबरको अनुमानित क्षति भएको थियो ।

Capture

बाढी पहिरोको क्षति
गृह मन्त्रालयका अनुसार पछिल्लो पांच वर्षको अवधिमो अवधिमा पहिरोको कारण ५५७ को मृत्यु, १९३ बेपत्ता र ४४० जना घाइते भएका छन् । दुई हजार ८३९ परिवार प्रभावित हुादा ७१६ घर आंशिक क्षति र ९०६ घर पूर्ण क्षति भएका छन् । पहिरोबाट सो अवधिमा एक अर्ब चार करोड ६२ लाख २४ हजार ५३७ रुपैयाँ बराबरको अनुमानित क्षति भएको गृह मन्त्रालयको तथ्याङ्क छ । यस्तै पहिरोको कारण बढी मृत्यु हुने जिल्लामा ताप्लेजुङमा ५३, सिन्धुपाल्चोक ५०, कास्की ४४, गुल्मी २५, बाग्लुङ २३, सफ्ुवासभा १८, पाल्पा १७, गोरखा १३, दोलखा र इलाम १४/१४ र नुवाकोटमा १२ जनाको मृत्यु भएको थियो ।

पहिरोका कारण यो अवधिमा सिन्धुपाल्चोकमा मात्रै १२३, दोलखामा ११ र संखुवासभामा ६ जना बेपत्ता भएका छन् । २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोको कारण ठूलो मानवीय क्षति भएको थियो । पछिल्लो पटक यो वर्ष आएको बाढीपहिरोको क्षतिबाहेक यो पाँच वर्षको अवधिमा बाढी पहिरोका कारण ६१ हजार ९३३ परिवार प्रभावित भएको छ । जसमध्ये ३९ हजार ९३ घर आंशिक क्षति तथा १० हजार ७४४ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोको कारण सो अवधिमा रु १६ अर्ब सात करोड ३७ लाख अनुमानित क्षति भएको गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख छ ।

विपद्पछिको राहत उद्धारमा वर्तमान संरचना
गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखाका उपसचिव शंकरहरि आचार्यका अनुसार प्राकृतिक विपत्तिपछि राहत उद्धारमा जिल्ला क्षेत्र र केन्द्र गरी तीन तहको संरचना निर्माण गरिएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला दैवी प्रकोप उद्धार समिति, क्षेत्रमा क्षेत्रीय प्रशासकको नेतृत्वमा क्षेत्रीय समिति र केन्द्रमा गृहमन्त्रीकै नेतृत्वमा दैवीप्रकोप राहत तथा उद्धार समिति छ । । यी भिन्नाभिन्नै संरचना भएपनि जुनसुकै स्थानमा विपद्का घटना भए राहत तथा उद्धारका काम गर्ने गरी वर्तमान संरचना सरकारले निर्माण गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीभित्र पनि विपद्को समयमा राहत तथा उद्धारलाई केन्द्रमा राखेर छुट्टै गण तथा तालिम दिईराखेको छ । विपद् व्यवस्थापनसम्बन्धी विधेयकको खाका तयार पारिसकेको छ ।

नदीहरुमा पूर्व सूचना प्रणाली
गृह मन्त्रालयले प्रमुख नदीमो बाढी पूर्व सूचना प्रणाली जडान गरेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानसम्म जाने समयको उपलब्धता गराउन र धनजनको क्षति न्यूनीकरणको लागि जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना पुर्याउने काम गर्दै आएको छ ।

विभागले महाकाली, कर्णाली, राप्ती, बबई, नारायणी, बाग्मती र कोशी तथा कन्काईसम्म नै बाढी पूर्व सूचना प्रणाली स्थापना गरी सूचना प्रदान गरिरहेको छ । ठूला बाढीका घटनाहरु तराईमै हुने गरेको र समथर भूभागमा थोरै पानीको सतह बढ्दा पनि डुबानमा पर्ने खतरा भएकाले तराईलाई केन्द्रविन्दु बनाएर बाढी पूर्व सूचना प्रणाली विकास गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस प्रणाली अन्तर्गत विभागले माथिल्लो जलाधार क्षेत्रको वर्षाको अवलोकन गर्ने, वर्षाको भविष्यवाणी गर्ने र तल्लो तटीय क्षेत्रमा हुनसक्ने पानीको प्रवाहको पूर्वानुमान गरेर जोखिमयुक्त क्षेत्रमा रहेका समुदायलाई पूर्व सूचना दिने काम गरिन्छ ।

सन् २००८ देखि बाढी पूर्व सूचना प्रणाली जडान गर्न थालेको विभागले अहिलेसम्म प्रमुख नदीहरुको जलाधार क्षेत्रमा पूर्व सूचना स्थापना गरिसकेको छ । यसले तराईका १२ वटा जिल्लालाई सूचना उपलब्ध गराउँछ । दार्चुलाको नजिक रहेको महाकालीको पूर्वसूचना केन्द्र र धुलागाढ नजिकै परीगाउँमा स्थापना गरिएको डडेल्धुराको पूर्वसूचना केन्द्रले कन्चनपुर लगायतको डुबानमा पर्न सक्ने क्षेत्रका समुदायलाई सूचना उपलब्ध गराउँछ । स्थानीय तहमा पूर्व सूचना प्रणाली कार्यदलहरु हुन्छन् भने थानीय विपद व्यवस्थापन समिति गठन गरिएका हुन्छन् । कार्यदल तथा ती समितिका सदस्यले बाढी तथा डुबानबाट जोगिने तालिम पनि लिएका हुन्छन् ।

जिल्ला स्तरमा भने सहायक सिडिओको संयोजकत्वमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र गठन गरिएको हुन्छ । केन्द्रका सदस्यमा प्रहरी, नेपाली सेना तथा रेडक्रस लगायत हुन्छन् । बाढी पूर्व सूचना केन्द्रले तिनै संयन्त्रलाई सबैभन्दा पहिले सूचना प्रवाह गर्ने गरिन्छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्ऽका प्रत्येक सदस्यले जोखिमयुक्त क्षेत्रका गाउँ, वस्ती र घरसम्म खबर पुर्‍याएर बाढी तथा डुबानबाट हुन सक्ने क्षति रोक्न मद्दत गर्दछ ।

निकास के त ?
विज्ञहरुका अनुसार प्रकृति एक जडको रुपमा निरन्तर चलिरहन्छ । ऋतु परिवर्तन प्राकृतिक नियम नै हुन । तर त्यही ऋतुमा परिवर्तन हुँदा अस्वभाविक गतिविधि देखिन पुग्छ जसले विनाश निम्त्याउँछ । अत्यधिक वर्षा हुने, खडेरी पर्ने अनि बेसिजनमा वर्षा हुने, जाडो सिजनमा पनि गर्मी हुने यस्तो अवस्था हामीले पछिल्ला दिनमा भोग्न थालेका छौं । यसले प्रकृतिको भविष्यमा पर्न सक्ने असरलाई गहन रुपमा संकेत दिएको छ । विश्वव्यापी तापक्रम वृद्धिका कारण जलवायुमा देखिएको अस्वभाविक परिवर्तनले हामीलाई अहिल्यै भविष्यको ठूलो विनाशको संकेत दिएको छ । प्रकृति नियम हो तर नियम पालना गर्दा हामीले गरेका गतिविधिले प्रकृतिलाई असर पर्दै जाँदा त्यसले सहन गर्न सकेन भने हामी त्यसको मारमा पर्छौं । बाढी यसअघि नआएको होइन ।

पहिरो अघिल्ला वर्ष पनि नगएको होइन तर यसपटक जति र जुनरुपमा क्षति भयो त्यसरी भएको अघिल्ला वर्षमा सुनिएको छैन । यति ठूलो विनाशका घटना यसअघि पनि पटक पटक नदेखिएका होइनन् । मौसमी यस्ता विनाशका घटना हाम्रो वशमा हुन्नन् तर यसको क्षति कम गर्न गराउन हामी सक्छौँ । प्रश्न व्यवस्थापनको हो, नीतिको हो ।

हाम्रो भू–बनोट हरेक स्थान बस्ती बस्न योग्य छैन तर प्राक्कालबाट हामीले पुर्खाको थातथलोका रुपमा जहाँ जस्तो अवस्थामा छौँ त्यहाँ त्यस्तै अवस्थामा रह्यौँ । कुनै पनि स्थान बस्ती बस्न योग्य छ वा छैन खाशगरी हिमाली भेगका स्थान र पहाडी हिमालय भेगमूनिका स्थल बस्तीका लागि योग्य थिए वा थिएनन् हुन् वा होइनन् यस्ता विषयमा न त अध्ययन भएको छ न त सरकारले ठोस नीति नै बनाएको छ । यस्ता विषय कहिल्यै हाम्रो अध्ययनको विषय बनेन, बन्न सकेन । त्यसैले मौसममा आउने गडबडीको निकास हुन्न तर यसका कारण पहिचान गरेमा क्षति न्युनीकरण हुन सक्छ ।

अहिले जलवायु परिवर्तन अनुकूलनका अभ्यासहरु हुन थालेका छन । अनुकूलन अभ्यासले जलवायु अनुकूलको फाइदा हामीले लिने हो विस्तारै अनुकूलित बनाउंदै जांदा त्यसैमा एडजस्ट बनाउने हो । जलवायुमा हुने लागि अनुकूलन अभ्यास उपर्युक्त हुन्छ । सरकारले भू–उपयोग नीति कार्यान्वयन पनि अति जरुरी छ । व्यवस्थितत शहरीकरण अनि बाटो, सुविधा संरचना निर्माणबारे सरकारले स्पष्ट नीति बनाउन जरुरी छ ।

वन क्षेत्रको विनाश, जलाधार संरक्षण यस्ता विषयमा पनि ध्यान दिन जरुरी छ । तर हामीमा तत्काल टार्ने प्रवृत्ति हावी छ । यस पटकको बाढी पहिरोपछि ती बस्ती हटाएर उपर्युक्त व्यवस्थापन गर्ने गराउनेगरी हाम्रो सरकारका नीति जांदैनन् । हठात् आउने प्राकृतिक विपत्तिको तत्कालीन सामनासंगै केही दिनमैं हाम्रा घाऊमा मलम लाग्दै जानेछन् विस्तारै हामी त्यस किसिमका घटना फेरि नहोस् भन्ने कामनासहित तिनै संरचना अनि जोखिमयुक्त स्थलमा पुग्छौँ जुन विपत्तिकै अर्को पटकको पर्खाई शिवाय केही हुन्न ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

15 comments

  1. Really appreciate you sharing this post.Thanks Again. Cool.

  2. dic phoenix says:

    I value the post.Really thank you! Fantastic.

  3. I really like and appreciate your blog. Cool.

  4. Major thanks for the article post.Really looking forward to read more. Want more.

  5. Thanks so much for the blog. Really Great.

  6. I cannot thank you enough for the post.Much thanks again.

  7. I loved your blog. Really Cool.

  8. Im obliged for the blog.Really looking forward to read more. Keep writing.

  9. Really enjoyed this blog.Really looking forward to read more. Cool.

  10. Major thankies for the blog post.Really thank you! Will read on…

  11. phentaslim says:

    Im thankful for the article post. Keep writing.

  12. fake view says:

    NYbOa4 Wow, incredible blog layout! How long have you been blogging for? you made blogging look easy. The overall look of your site is wonderful, let alone the content!. Thanks For Your article about sex.

  13. Really enjoyed this blog.Really looking forward to read more. Awesome.

  14. Thanks again for the blog post.Thanks Again. Really Cool.

Leave a Reply to VigRx Plus Review Cancel reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा