बिशेष समाचार

बारामा ११ वर्षकी बालिकासंग २५ वर्षीय युवकको विवाह, अभिभावक फरार बेहुलाबेहुली खोरमा 

बारा, १७ बैशाख । जीतलाल श्रेष्ठ । बाराको सुवर्ण गाउँपालिका वडा नं.२ स्थित कवहीगोठमा शुक्रबार धुमधामसाथ विवाह चलिरहेको थियो । रातको १० बजे प्रहरीकहाँ सूचना पुग्यो २५ वर्षीय युवकले ११ वर्षकी बालिकासंग विवाह गर्दैछन । प्रहरीले तत्काल विवाह मण्डप पुग्यो । विवाहमण्डपबाटै बेहुलाबेहुली पक्राउ परेका छन ।

जन्ती सहित पुगेका कलैया उपमहानगरपालिका वडा नं.१३ छोटकी फुलवरियाका २५ बर्षिय बेहुला रामनरेश प्रसाद यादवलाई बेहुला पोशाक मैं विवाह मण्डपबाट पक्राउ गरेको हो । प्रहरीले यादव सहित ११ बर्षिया बालिकालाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले आईतवार विहान पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका बेहुला बेहुलीलाई सार्वजनिक गयो । प्रहरी पुग्ने बित्तकै विवाह स्थलमा भागा भाग मच्चिएको थियो । प्रहरी पुगे पछि जन्ती सहित दुबै पक्षका अभिभावक समेत फरार भएका छन् । दुबै पक्षका अभिभावकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रक्राउ परेका यादव माथी मुलुकी एन् विवाहवारी महलको २ नम्बर कसुरमा कारवाही प्रक्रिया अगाडी बढाइने प्रहरीले जानकारी दिएको छ । बालिकाको उमेर १० बर्ष भन्दा कम भएमा यादवलाई ६ महिना देखी तीन बर्ष सम्म कैद र ९ हजार देखी १० हजार सम्म जरिवाना हुने छ ।

बालिकाको उमेर १० भन्दा माथी भएमा यादवलाई तीन महिना देखी ९ महिना सम्म कैद र पाँच हजारको जरिवाना हुने प्रहरीले जनाएको छ । पक्राउ परेकी बालिकालाई जिल्ला प्रहरी कार्यलय बाराको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । बालिकाको हजुर आमाले उनलाई महिला सेल मैं बसेर हेरचाह गरिरहेकी छिन् । बेहुला यादवलाई भने प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बाल विवाह गरिरहेको अवस्थामा बेहुला बेहुली पक्राउ परेको जिल्ला मैं यो पहिलो पटक हो । कानुनी अपराध भएकाले गोप्य रुपमा जिल्ला भित्र बाल विवाह हुँदै आएको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका सेवा केन्द्रले बाल बिवाह विरुद्ध जिल्लामा अभियान सञ्चालन गर्दै आएको छ ।

सेवा केन्द्रका प्रमुख एवंम् प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाले सचेतना मुलक कार्यक्रम कै कारण प्रहरी सम्म सूचना आई पुगेको बताए । सामाजिक समस्याको रुपमा रहेको बाल विवाह बिरुद्ध सरकारी निकायसँगै विभिन्न गैरसरकारी संस्थाले विभिन्न अभियान चलाईरहेका छन् । तर , पनि तराईका विभिन्न जिल्लामा यस्तो बिकृतिको नियन्त्रण भएको भने देखिदैन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. 996975 394459I got what you intend, saved to bookmarks , really decent internet web site . 951706

  2. 218822 179868so significantly excellent details on here, : D. 200650

  3. fast seedbox says:

    256238 175195Keep all the articles coming. I love reading through your things. Cheers. 483684

  4. 283072 287390As I site owner I think the subject material here is real amazing, appreciate it for your efforts. 629624

  5. 315182 880234Aw, this was a really good post. In thought I wish to put in writing like this furthermore – taking time and precise effort to make an outstanding article but what can I say I procrastinate alot and under no circumstances appear to get something done. 572705

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा