बिशेष समाचार

भोजपुर जिविसमा कानून मिच्दै कर्मचारी नियुक्त

बुद्ध तामाङ–भोजपुर, साउन । कानुनी प्रावधानलाई वेवास्ता गर्दै जिल्ला विकास समिती भोजपुरमा कर्मचारी नियुक्ति गरेको रहस्योद्घाटन भएको छ । जिविसले समायोजनका नाममा दुई कर्मचारीलाई नियमविपरित स्थायी नियुक्ति दिएको प्रमाण भेटिएको हो ।

bhojpur fake staffतीन महिनाअघिको यो घट्नामा स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेले छानविन गर्ने बताएपनि अहिले आएर बोली फेरेका छन् । स्थानीय स्वायत्त शासन नियमावली ०५६ को नियम २१७ को उपनियम ३ विपरित पद मिलान गर्न नपाइने व्यवस्था भएपनि एलडिओ न्यौपाने, तत्कालिन योजना अधिकृत खगेन्द्र गिरी र लेखापाल प्रतिक भण्डारीको मिलेमतोमा पदपुर्ति समिति र प्रशासन फाटलाई थाहै नदिई कर्मचारी नियुक्ति गरेको खुलासा भएको थियो । खुलासा पछि तत्काल बैठक बसी गल्ती सच्याउने भनेका एलडिओले अहिले नियुक्ति नगरीएकोले आफु जानकार नरहेको भनेर पन्छिन थालेको जिल्लाबासीले जनाएका छन् ।

bhojpur fakeनियमावली विपरित जिविसमा कार्यरत टाइप खरिदार मिट्ठु गुरुङ र रञ्जु श्रेष्ठको रिक्त स्थानमा समायोजनको नाममा ०७२ चैत्र २४ गतेको २४ औ जिल्ला परिषद्को पत्रद्धारा देवीप्रसाद तिवारी र सुमित्रा रिजाललाई  नियुक्ति गरिएको प्रमाण रहेपनि ढाकछोपका लागी नियुक्ति नै नभएको भनेर स्थानीयविकास अधिकारी पन्छिन खोजेका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा