बिशेष समाचार

माओवादी नेता ढुंगेल डिल्लीबजार जेल चलान :

मङ्लबार, कार्तिक १४, २०७४

      काठमाडौं, १४ कात्तिक । नेपाल प्रहरीले पक्राउ गरेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

मंगलबार बिहान सातदोवाबाटोबाट पक्राउ परेका नेता ढुंगेललाई जिल्ला अदालत काठमाडौंले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको हो ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइवीको टोलीले ढुंगेललाइ बिहान ११ बजे सातदोवाटोबाट पक्राउ गरेको थियो । अदालतले ढुंगेललाई दोषी ठहर गरेर सर्वश्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी फरार थिए ।

एक हप्ताभित्र पक्राउ गर्न आदेश गरे पनि नपक्रिएको भन्दै आइजिपीमाथि अदालतको अवहेलना मुद्दा कात्तिक ८ गते अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको थियो । त्यसको ६ दिनपछि ढुंगेल पक्राउ परेका हुन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा