बिशेष समाचार

शिवरात्रीका लागि तयारी अन्तिम चरणमा, १२ लाख दर्शनार्थी आउने अपेक्षा

काठमाडौ, ६ फागुन । पशुपति क्षेत्र विकास कोषले शिवरात्रीको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बर्षेनी शिवरात्रीका दिन संसार भरिका लाखौंको भक्तजन पशुपति क्षेत्रमा दर्शन गर्नका लागि आउने भएकाले शिवरात्रीलाई हिन्दु र नेपालीहरुले उल्लाससाथ मनाउने गर्छन ।
पशुपति आउने ठुलो दर्शनार्थीको भीडलाई व्यवस्थित गर्न कोषले ९ वटा उपसमिति गठन गरेको छ । आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचार–प्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन भएको हो । गत वर्ष महाशिवरात्रिमा भारत लगायत अरु मुलुकबाट १२ लाख भक्तजन पशुपति आएको कोषले जनाएको छ ।
यस वर्ष भने पशुपति क्षेत्रमा करिब १३ लाख दर्शनार्थीले दर्शन गर्न आउने अनुमान कोषको छ । यस वर्षबाट कोषले मन्दिर प्रवेश पासको व्यवस्था हटाएको छ । त्यस्तै १ हजारको श–सुल्क पनि कटौती गरेको छ ।
महाशिवरात्रिमा भारत र विश्वका विभिन्न ठाउँबाट पशुपतिमा भक्तजन आउँछन् । यस वर्ष माघ २७ गते देखि नै पशुपतिमा साधुसन्त आउन थालेका छन् । यस वर्ष महाशिवरात्रि फागुनको १३ गते छ । हिन्दुहरुले महाशिवरात्रि व्रत बसेर, पूजा गरेर मनाउने गरेका छन ।

भगवान शिवको आराधना गरी मनाउने चाड शिवरात्री नेपाली र संसारभरका हिन्दुहरुका लागि महत्वपूर्ण पर्व भएकाले अत्यन्त आस्थाका साथ मनाउने गरेका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

12 comments

  1. Major thanks for the blog.Really thank you! Awesome.

  2. Thanks for the blog.Thanks Again. Much obliged.

  3. Hey, thanks for the article post. Will read on…

  4. I value the article.Much thanks again. Really Great.

  5. other says:

    I value the blog article.Really looking forward to read more. Great.

  6. Im thankful for the article. Want more.

  7. Thanks for sharing, this is a fantastic article post.Thanks Again. Awesome.

  8. sletrokor says:

    I cannot thank you enough for the blog post.Really looking forward to read more. Much obliged.

  9. VigRx says:

    I think this is a real great article. Fantastic.

  10. Appreciate you sharing, great blog article.Much thanks again.

  11. Fantastic blog post.Thanks Again. Want more.

  12. A round of applause for your article. Much obliged.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा