बिशेष समाचार

सरकारी मनोमानिको उदाहरण, किन अपडेट हुँदैनन मन्त्रालयका वेवसाइट ?

श्रीकृष्ण–काठमाडौं,साउन । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएर सपथ ग्रहण लिएको ४ दिन पुग्दा समेत कतिपय पूर्व मन्त्रिको नाम र फोटो मन्त्रालयको आधिकारिक वेवसाइटबाट नहटाइनुले सरकारी काममा हुने ढिलासुस्ति र वेवास्ता देखाएको छ ।

sport11प्रधानमन्त्री दाहालसंगै अन्य ५ मन्त्रीले समेत सपथ ग्रहण गरिसकेको अवस्थामा उपप्रधान तथा अर्थ मन्त्री बाहेक अरुको नाम र फोटो वेवसाइटमा राखिएको छैन । बरु तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा मन्त्री बनेका कतिपय मन्त्रीको नाम र फोटो अहिले पनि वेवसाइटमै राखिएको छ । प्रचण्ड सरकारमा दलजीत श्रीपालीले युवा तथा खेलकुद् मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । तर मन्त्रालयको वेवसाइटमा अझैपनि केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री सत्यनारायण मण्डलकै नाम र फोटो छ ।

homeगृहमन्त्रालयको कार्यभार विमलेन्द्र निधीले समालेको चार दिन पुग्दा समेत मन्त्रालयको वेवसाइटमा मन्त्रीको नाम निसाना छैन । भूमिसुधार तथा तथा व्यवस्था मन्त्रालयको पनि हालत उस्तै छ । मन्त्रीहरु हटेको लामो समय भैसक्दा पनि वेवसाईट अपडेट छैन । भू संरक्षण मन्त्रालयको वेवसाईटमा रामकुमार सुब्बालाई मन्त्री, विक्रमबहादुर थापालाई राज्यमन्त्री र दिनेश श्रेष्ठलाई सहायक मन्त्रीकै हैसियतमा राखिएको छ ।

bhumisudharयी केहि मन्त्रालयका उदाहरण मात्रै होइन, यस्ता थुप्रै लापरबाहि सरकारी निकायमा भेटिन्छन । संधै ढिला सुस्तीको आरोप खेप्दै आएको सरकारी निकायको काम चुस्त दुरुस्त कहिलेबाट होला ?

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा