बिशेष समाचार

सिरियाली युद्धको बिभत्स रुप

पुनम राई । एजेन्सीहरुको सहयोगमा । विगत ६ बर्षदेखी रक्तपातपूर्ण गृहयुद्धको चपेटामा फँसेको सिरियामा पुन: विश्वकै ध्यानाकर्षण हुने गरी रासायनीक अस्त्रको प्रयोग भएको छ । सिरियाको इद्लीब प्रान्तको खान शेखउन शहरमा गत मङ्गलबार भएको रासायनीक हतियारको आक्रमणबाट सर्बसाधारण, महिला र बालबालिकासहित ७० जना भन्दा बढीको बिभत्स ढंगबाट मारिएपछि पुन उनीहरुलाई सघाइरहेका विश्व महाशक्तिराष्ट्रहरुबीच आरोप प्रत्यारोप चलेको छ ।

C8j-YkqXgAAVA1Pरासायनीक अस्त्र प्रयोगको नयाँ घटनासंगै चुनाबी अभियानभरी सिरियाली सत्ता पलटको बिपक्षमा धारणा राख्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली सत्ताले सबै सीमा नाघेकाले आफ्नो धारणा नै परिवर्तन भएको जनाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाली राष्ट्रपति बसर अल असदले रासायनीक अस्त्र प्रयोग गरेको भन्दै आवश्यक कदम उठाउने चेतावनी दिएपनि असदको सबैभन्दा भरभर्दो अन्तर्राष्ट्रिय साझेदार रुसले भने सिरियाली हवाई हमला आतंकबादी सञ्जाल अलकायदाको रासायनीक भण्डारमा हमला गरेको दाबी गरेको छ ।

यता संयुक्त राष्ट्रसंघीय सुरक्षापरिषद्मा पनि सिरियामा भएको रासायनिक अस्त्रको प्रयोगका बिषयलाई लिएर चर्काचर्की भएको छ । अमेरिका र यूरोपका प्रतिनिधिले सिरियाली सत्ताले सीमा नाघेको भन्दै भत्सर्ना गर्दै कार्वाहीको प्रस्तावमा समर्थन गर्न रुसलाई आग्रह गरेपनि रुस त्यो मान्न सहमत छैन । अब सिरियाली सत्तामाथी अमेरिकाले कस्तो नीति लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रीत भएको छ । तरपनि सिरियामाथी सैन्य आक्रमणको बाटो भने सहज छैन । विश्व महाशक्ति रुसले आफ्ना विशेष सैन्य र हवाई बल सिरियाली सेनाको सहयोगार्थ तैनाथ गरिरहेको छ भने सरकार बिरोधी लडाकु समुहहरु तथा आतंकबादी समुहहरुका निशानाहरुमा नियमीत हमला गर्दै आइरहेको छ ।

C8kHPKsXYAEmKYEत्यसो त सिरियाली सत्तालाई हरतबरबाट हटाइछाड्ने अडानमा रहेको अमेरिकाले गृहयुद्ध शुरु भएयतानै सत्ताबाट असदको बर्हिगमन खोजीरहेको छ । सन् २०१२ अगष्ट २० मा यसअघिका अमेरिकी राष्ट्रपति बाराक ओवामाले सिरियामा हुने कुनैपनि रासायनिक अस्त्रको प्रयोग अमेरिकी सैन्य हस्तक्षेपका लागि अन्तिम रेखा (रेड लाइन) हुने घोषणा गरेका थिए। तर उनको घोषणाको केही महिनाभित्रै सन् २०१३ को अगष्ट २१मा सिरियाको राजधानी दमास्कस नजिकै बिद्रोही नियन्त्रीत घोउटा क्षेत्रमा ठूलो मात्रामा रासायनीय अस्त्रको प्रयोग भयो। जस्मा सर्बसाधरण सहित ३०० भन्दा बढीको ज्यान गएको थियो । रासायनकि हतियार प्रयोगमा सरकार र बिद्रोहीले एक अर्कामाथी आरोप लगाएपनि अमेरिकाले सिरियाली सत्ताले नै हमला गरेको आरोप लगाउदै सैन्य कार्वाहीको तयारी नै थालेको थियो ।

अगष्ट ३१, २०१३ मा राष्ट्रपति ओबामाले सिरियाली सरकारबिरुद्ध सैन्य कार्वाहीका लागि अमेरिकी संसद्बाट स्विकृत लिएर अघि बढ्ने घोषणा गरेका थिए । तर कार्वाहीको तयारी अन्तिम रुपमा कुटनीतिक बाटोतर्फ मोडीयो । रुसको मध्यस्ततामा सिरियाली सरकार आफ्नो भण्डारमा रहेको सम्पूर्ण रासायनीक हतियार नष्ट गर्न तयार भएसंगै सिरियामा अन्तर्राष्ट्रिय अनुगमनकर्ताले निशस्त्रीकरणको काम थाले।

अमेरिकी सैन्य कार्वाही रोक्न रुसले सिरियाली रासायनीक अस्त्र नष्ट गर्ने सम्झौतापछि अमेरिकी हमला टर्‍यो भने सन् २०१३ सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रस्ताव पारित गरेसंगै आफ्ना अनुगमनकर्ताहरु खटायो । अक्टोबर १४ मा सिरियाली कुनैपनि रासायनीक अस्त्र बनाउने र भण्डार नगर्ने अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गर्‍यो। राष्ट्रसंघीय निकायहरुले बिभिन्न चरणमा भएका रासायनीक अस्त्र नष्ट गर्ने काम जुन २३ २०१४ मा सकिएको घोषणा गर्‍यो । संयुक्त राष्ट्रसंघले ठूलो मात्रामा रासायनीक हतियारको प्रयोग भएको त पुष्टि गरे तर कुन पक्षले प्रयोग गरेको हो भन्नेबारे एकिन बिबरण विश्वलाई दिएन।

संयुक्त राष्ट्रसंघीय टोलीले तयार पारेको प्रतिबेदनमा सिरियाली युद्धकै क्रममा श्रृङखलाबद्ध रुपमा रासयनीक अस्त्रको प्रयोग भएको जनाएको छ । राष्ट्रसंघीय टोलीका अनुसार सन् २०१३ मार्च महिनामा अलेप्पो शहर नजिकै खान अल असलमा पनि रासायनीक अस्त्र आक्रमण भएको थियो । सरकारले उक्त काक्रमण बिद्रोही समुहले गरेको आरोप लगाएको थियो। त्यस्तै सन् २०१३ अप्रील महिनामा सराकिव, अगस्ट २४ मा जोबारमा तथा अगस्ट २ मा असरफियात सानन्यायामा रासायनीक अस्त्रको प्रयोग भएको थियो।

संयुक्त राष्ट्रसंघले सम्पूर्ण निशस्त्रीकरणको काम सकिएको घोषणा गरेपनि सिरियामा रासायनीक अस्त्रको प्रयोगबारे सरकार र बिद्रोहीबीच आरोप प्रत्यारोप भने रोकीन सकेन। सिरियामा रासायनीक अस्त्रको प्रयोगमा सिरियाली सेना, सिरियाको ठूलो क्षेत्रफल नियन्त्रणमा लिइ बर्बर शासन चलाइरहेको आतंकबादी समुह इस्लामीक स्टेट, अलकायदाप्रति सहानुभुती राख्ने चरमपन्थी समुहहरु तथा बिद्रोहीहरुमाथी आरोप लाग्ने गरेको छ ।

सिरियाली युद्धमा रासायनीक अस्त्रको प्रयोग यो पहिलोपटक भने होइन। पटक–पटक भएका रासायनीक अस्त्र प्रयोगमा सत्तालाई सहयोग गरिरहेको रुस र अमेरिकाबचि आरोप प्रत्यारोप चल्ने गरेको छ। त्यसोत सिरियाली सत्ता र बिपक्षीलाई फरक फरक अन्तर्राष्ट्रिय र क्षेत्रीय देशहरुले सहयोग गरिरेहका छन् । सरकारलाई विश्व शक्ति रुस र चीनसंगै क्षेत्रीय शक्ति इरानको भरपर्दो सहयोग छ भने बिपक्षीलाई अमेरिका, यूरोप तथा क्षेत्रीय देशहरु साउदी अरेबीया, कतार, जोर्डन, टर्की लगायतका देशहरुले साथ दिदै आएका छन् ।

सत्ता र बिपक्षीलाई सहयोग गरिरहेका देशहरुबीचको परस्परबिरोधी अडान तथा द्धन्दद्धमा आतंकबादी समुहहरुको बढ्दो संलग्नताका कारण संकटको राजनीतिक समाधान कठनि बन्दै गएको छ । द्धन्द्धकै कारण सिरियामा ४ लाख मानिस मारिएका तथा छ भने आधाभन्दा बढी जनसंख्या विस्थापीत जीवन बिताउन बाध्य छन्। बिस्थापीत हुने ५० लाख सर्बसाधरण देश छाडी अन्यत्र शरणार्थी जीवन बिताउन बाध्य छन्।

युद्धका कारण अधिंकास शहरहरु तसहनहस भएका छन् । द्धन्द्धले निम्त्याएको कहालीलाग्दो क्षतिपछिपनि फरक फरक समुहलाई सहयोग गरिरहेका देशहरु आफ्नो अडानमा तसको मस छन्। सिरियाली गृहयुद्धमा जतिसुकै कहालीलाग्दा दृष्यहरु सार्वजनिक भइरहेपनि आफ्नो सामरिक स्वार्थमा रहेका विश्व महाशक्ति देशहरुले समाधान नचाहेसम्म द्धन्द्धको समाधान असंभव देखीन्छ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. 241597 744452Great help from this blog! Thanks alot for the information I needed 861900

  2. 108053 747514I likewise believe thus, perfectly pent post! . 324078

  3. 633869 787094Immigration Lawyers […]the time to read or pay a visit to the content material or web sites we have linked to below the[…] 673895

Leave a Reply to SIMAD UNIVERSITY Cancel reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा