बिशेष समाचार

स्याङ्जाको दलितबस्तीमा खानेपानी अभाव

स्याङ्जा, १० फागुन । स्याङजाको वालिङ नगरपालिका –६ साठीघरमा रहेको दलित बस्तीमा अझै खानेपानीको सुविधा छैन ।
हरेक वडामा वालिङ नगरपालिकाले बजेट छुट्टाउने गरेपनि पहुँचवालाले मात्र सुविधा लिने गरेका कारण दलितबस्ती खानेपानीको पर्खाइमा छन् । पानीको राम्रो व्यवस्था नहुंदा समस्या परेको उनीहरुले बताए ।
नगरपालिकाले वडास्तरीय बजेट र नगर स्तरीय बजेट विनियोजन गर्दा पनि दलित बस्तीमा अहिले सम्म खानेपानीको योजना पर्न सकेको छैन ।
आर्थिक बर्ष २०७३/०७४ का लागि नगरपालिका भित्र वडा स्तरीय खानेपानी मर्मत संहार अन्तर्गत ९६योजना छन् । ६ ओटा योजना नगरस्तरीय छ ।
नगरस्तरीय र वडा स्तरीय बाट पनि योजना नपर्दा सिंगो दलितबस्तीले खानेपानीको समस्या झेल्दै आएको छ । स्थानीयबासीको खानेपानी समस्या समाधान गर्न वडा नागरिक मञ्चले पहल थालेको छ ।
आवश्यकताको खोजी हुन नसक्दा दलितबस्तीमा खानेपानीको समस्या देखिएको वालिङ नगरपालिकाले जनाएको छ । खानेपानी भन्दापनि सडकको माग बढी आउने गरेकाले यस्तो समस्या हुन गएको हुन सक्ने अनुमान नगरपालिकाको छ ।
राजमार्गबाट नजिक भएपनि खानेपानी नपाउनु दुःखद् अवस्था रहेको सरोकारवालाले जनाएका छन ।
सरकारले समावेसी र समानुपातिक योजना छुट्टाउने प्रावधान ल्याएपनि दलितभित्र अगुवा नेता नहुनुले यो बस्तीले खानेपानीको समस्या झेल्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा