बिशेष समाचार

स्ववियुले तात्यो सरकारी क्याम्पस

काठमाडौ, १० फागुन । यतिबेला राजधानीका विभिन्न क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी यूनियनको चुनावको सरगर्मी बढेको छ । क्याम्पस प्रवेश द्वारादेखि भवनका भित्ताहरू र पर्खालमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनका प्रचार–प्रसार देख्न सकिन्छ । विद्यार्थीहरूलाई पनि चुनावले छोएको छ ।
आठ बर्षपछि स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव हुन लागेको हो । चुनाव केन्द्रीत भएर अहिले विद्यार्थी संगठनहरूले चुनावका आ–आफ्नै तयारी गरीरहेका छन् । विगत आठ बर्षसम्म विभिन्न विवादका कारण स्ववियुको चुनाव हुन सकेको थिएन । हरेक २ वर्षमा हुनुपर्ने स्ववियु चुनाव आगमी १८ गते हु“दैछ ।  यसअघि उमेर हद लागु गर्ने वा नगर्ने भन्ने विषयमा विवाद गरेका विद्यार्थी संघ, संगठनहरु यसपाली २८ वर्षे उमेर हदबन्दी लगाउन सहमत भएपछि अन्ततः स्ववियु चुनाव हुन लागेको हो ।
विद्यार्थीको हकहितका लागि भन्दै ०३६ सालदेखि शुरु भएको स्वतन्त्र विद्यार्थी यूनियन गठन भएको थियो । गत बर्ष पनि जेठ १८ गतेका लागि घोषणा गरिएको चुनाव प्रक्रियाकै विषयमा बिरोध गरिरहेका विद्यँर्थी संगठनहरु अन्ततः मिलेपनि विद्यँर्थी भर्नाको विषयलाई लिएर रोकिएको थियो । चुनावका बेला फर्जी विद्यार्थी भर्ना गरेको भन्दै यसअघि विद्यार्थी संगठनहरूले विवाद गरेपछि यसवर्ष विश्वविद्यालयले चुनावको मिति घोषणा गरे लगत्तै  नया“ भर्ना राकेकोे छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा