बिशेष समाचार

होटलमा आगलागि हुंदा एक जनाको मृत्यु

भदौ–जाजरकोट । जाजरकोटको सदरमुकाम खलङ्गास्थित एक होटलमा आगलागि हुंदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जाजरकोटको भेरीमालिका नगरपालिका वडानम्बर–४ बसपार्कमा रहेको संगिता होटलमा आगलागी हुंदा नायकवाडाकी संगिता खत्री बोहराको मृत्यु भएको हो । होटलको कोठामा राखेको पेट्रोलमा आगो सल्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी होटल संचालक खत्री, पेट्रोल ब्यपारी चौरजहारी नगरपालिका ७ रुकुमका प्रेमबहादुर राना, प्रहरी जवान रमेश शाह, स्थानीय गोकर्ण चन्द घाइते भएको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनु भयो । घाइते चारै जनालाई उपचारका लागि नेपालगन्ज लगिएको छ । घाइतेमध्ये होटल संचालक खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आगलागीबाट २ वटा मोटर साइकल जल्नुका साथै ३५ लाख बढीको धनमाल क्षती भएको प्रहरीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा