विदेश

अमेरिकाको राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प बिजयी

अमेरीकाको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । रिपब्लिकन पार्टीका तर्पmबाट राष्ट्रपतिका उम्मेद्वार ट्रम्पले डेमोक्र्याटिक पार्टीकी उम्मेद्वार तथा पुर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाइ पछि पार्दै राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । २ सय ८८ इलेक्टोरल मत प्राप्त गरी उनी अमेरीकाको ४५औ“ राष्ट्रपति निर्वाचित भएका हुन् । बिजय घोषणा हु“दासम्म ट्रम्पकी निकटतम प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले २१८ मत प्राप्त गरेकी थिईन । राष्ट्रपति निर्वाचित हुन अमेरिकाको ५ सय ३८ इलेक्टोरल कलेजको बहुमत अर्थत् २ सय ७० मत पर्याप्त हुन्छ । ट्रम्प नर्थ क्यारोलिना, ओहायो, आयोवा, अर्कान्सास, नर्थ डाकोटा, साउथ डाकोटा, वियोमिङ, कान्सास, ओक्लाहोमा, टेक्सस, अलाबामा, इडाहो, लुइजियाना, युटाह, नेब्रस्का, साउथ क्यारोलिना, इण्डीयाना, केन्टकी, वेस्ट भर्जिनिया, मिसिसिपी, टेन्निसी, अलास्का, मोन्टाना, जर्जियामा विजयी भए । त्यस्तै अघिल्लो चुनावमा डेमोक्र्याटीक पार्टीका उम्मेद्वार बाराक ओबामा विजयी भएका राज्यहरु फ्लोरिडा, आहायो, आयोवा, इलेनोइ तथा विस्कन्सिनमा पनि ट्रम्प विजयी भए । ओहायोमा विजयी हुने उम्मेद्वार राष्ट्रपतिमा विजयी हुने परम्परा यसपटक पनि कायम रह्यो । राष्ट्रपतिमा निर्वाचित भएपछिको आफ्नो पहिलो सम्बोधनका क्रममा ट्रम्पले आफूलाइ निर्वाचित गराउन योगदान दिने सबैलाइ धन्यवाद दिंदै आफू सबै अमेरीकीहरुको राष्ट्रपति बन्ने जनाए । उनले आफ्नी प्रतिस्पर्धी हिलारी क्लिन्टनलाइ पनि धन्यवाद दिए । यसैबीच ट्रम्पलाइ विश्वभरीबाट बधाइ सन्देशहरु आएका छन् । प्रधानमन्त्री दाहालले बधाई दिंदै कार्यकालको सफलताको कामना गर्नु भएको छ । रुसी राष्ट्रपति भ्लादीमीर पुटीन, हंगेरीका राष्ट्रपति भिक्टर ओर्बान, बेलायती नेता निजल फराज, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे, फ्रान्सकी नेतृ मरी ले पेन लगायतका विश्वका नेताहरुले उनलाइ बधाइ ज्ञापन गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा