विदेश

अमेरिकाले सिरियाली हवाई सैन्य अखडालाई लक्षित गरी ५९ वटा अत्याधुनीक क्षेप्यास्त्र आक्रमण

एजेन्सी, २५ चैत । इडलिब प्रान्तमा सर्बसाधरण र बालबालिकाको ज्यान जानेगरी भएको रासायनीक अस्त्र प्रयोगको बदलास्वरुप सिरियाली सैनिकमाथी कारवाही गरिएको अमेरिकाले जनाएको छ ।
अमेरिकी सेनाले सिरियाली शहर होम्स नजिकै पने अल शहरात सैन्य हवाई शिविरलाई लक्षित गरी ५९ वटा टोमाहक नामक क्षेप्यास्त्रहरु प्रहार गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रिय सुरक्षाको रक्षार्थ सैन्य हमलाको आदेश दिएको बताउ“दै सिरियाली गृहयुद्धको अन्त्यका लागि सम्पूर्ण सभ्य देशहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । राष्ट्रपति ट्रम्पको आदेशमा पूर्बी भु–मध्य सागरमा अवस्थित २ वटा युद्धपोतबाट सिरियाली हवाई सैन्यको अड्डालाई लक्षित गरी ५९ वटा टोमाहक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । ६ बर्ष लामो सिरियाली गृहयुद्धमा अमेरिकाले सरकारी संयन्त्रलाई लक्षित गरि प्रत्यक्ष हमला गरेको यो पहिलो घटना हो । सिरिया सरकारले अमेरिकी क्ष्ँेप्यास्त्र आक्रमणको विरोध गरेको छ । अमेरिकी आक्रमणले सिरियामा सक्रिय आतंक्वादी समुहलाइ फाइदा पुग्ने भन्दै आक्रमणको निन्दा गरेको छ । यसैबीच अमेरिकी क्ष्ँेप्यास्त्रको अमेकिरिकाका सहयोगी मुलुकहरुले स्वागत गरेका छन् । बेलायत, टर्की, जापान, इजरायल लगायतका मुलुकले अमेरिकी आक्रमणलाइ सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएका छन् । तर, रुसले अमेरिकी क्षेप्यास्त्रको चर्को विरोध गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी अक्रमणका कारण दुइ देशको सम्बन्धमा नकारात्मक असर पर्ने चेतावनी दिएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

137

ताजा