विदेश

अमेरिकी प्रतिवन्ध सिरियाली जनताको विपक्षमा नभएको सिरियाली राष्ट्रपतिको भनाई

एजेन्सी, ५ फागुन । अमेरिकी राष्ट्रपतिले आप्रवासीमाथी लगाएको प्रतिबन्ध सिरियाली जनताको विपक्षमा नरहेको सिरियाली राष्ट्रपतिले जनाएका छन् ।
फ्रेन्च सञ्चारमाध्यमलाइ दिएको अन्तरवार्ताका क्रममा सिरियाली राष्ट्रपति बसर अल–असदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीमाथी लगाएको प्रतिबन्ध सिरियाली जनताको विपक्षमा नरहेको जनाएका हुन् ।
असदले आतंकवादीहरु आप्रवासीका रुपमा पश्चिमा मुलुकमा प्रवेश गर्ने भएका कारण प्रतिबन्ध स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । आतंकवादीहरु आप्रवासीको भेषमा युरोप, विशेषगरी जर्मनीमा प्रवेश गरिरहेको पनि असदले चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका ७ मुलुकमध्ये सिरिया पनि रहेको छ । यद्यपी ट्रम्पको प्रतिबन्धलाइ सुरुमा अमेरिकाको संघीय अदालत र पछि पुनरावेदन अदालतले खारेज गरिसकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा