विदेश

अमेरिकी विदेशमन्त्री पोम्पियो उत्तर कोरियामा

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो उत्तर कोरिया पुगेका छन् ।
पोम्पियो बुधबार जापानको राजधानी टोकियोबाट उत्तर कोरियाली राजधानी प्योङयाङ पुगेका हुन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुन लागेको ऐतिहासिक शिखर वार्ताको मिति र स्थान समेत यसै भ्रमणबाट टुङ्गो लगाउन सक्ने जनाइएको छ ।
पोम्पियोले यसै वर्षको इस्टरको विदामा पनि उत्तर कोरियाको भ्रमण गरेका थिए । अमेरिका फर्कदा पोम्पियोले उत्तर कोरियाले हालै रिहा गरेको भनिएका ३ जना अमेरिकी बन्दीलाई समेत साथै लिई आउने अमेरिकी समाचार संस्थाहरुले जनाएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

ताजा