विदेश

अर्थशास्त्र तर्फको नोबेल पुरस्कारको घोषणा

यस वर्षको अर्थशास्त्र तर्पmको नोबेल पुरस्कारको घोषणा भएको छ । स्विडेनको राजकिय विज्ञान प्रतिष्ठानले पुरस्कार घोषणा गर्दै एक बेलायती तथा एक फिन्निस नागरीकलाइ सो पुरस्कार दिने निर्णय गरेको हो । बेलायती अर्थशास्त्री ओलीभर हार्ट तथा फिन्निस अर्थशास्त्री बेन्ग्ट होल्मस्ट्रमलाइ उक्त पुरस्कार प्रदान गरिएको हो । हार्ट हार्डभर्ड विश्वविद्यालयका प्राध्यापक हुन् भने होल्मस्ट्रम मासाचुसेट्स इन्स्टिच्युट्स अफ टेक्नोलोजी स“ग आबद्ध छन् । उनीहरुलाइ करार सिद्धान्तमा योगदान पु¥याएबापत पुरस्कार दिन लागिएको प्रतिष्ठानले जनाएको छ । विभिन्न विरोधाभासपूर्ण विषयहरुको समन्वय गर्न मद्दत पुग्छ भन्ने शोधको लागी पुरस्कार दिइएको हो । चिकित्सा, रसायनशास्त्र, भौतिकशास्त्र, शान्ती, अर्थशास्त्र तथा साहित्य विधामा दिइने मध्ये चिकित्सा, रसायनशास्त्र, भौतिकशास्त्र, तथा नोबेल शान्ती पुरस्कारको घोषणा यसअघि नै भइसकेको छ भने साहित्यतर्पmको नोबेल पुरस्कार १३ अक्टोबरमा घोषणा हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा