विदेश

इन्डोनेसियाको मध्य जाभास्थित मेरापी पहाडमा ज्वालामुखि बिष्फोट

एजेन्सी । इन्डोनेसियाको मध्य जाभास्थित मेरापी पहाडमा ज्वालामुखि बिष्फोट भएको छ ।

मेरापी पहाडबाट ज्वालामुखि निस्के पछि पाँच हजार पाँच सय मिटर उचाइसम्म धुवाँको मुस्लो फैलिएको छ ।

मध्य जाभास्थित प्रकोप व्यावस्थापन निकायले मेरापी पहाडबाट पाँच किलोमिटर भन्दा टाढा रहन सर्वसाधारणलाई निर्देशन दिईएको छ । ज्वालामुखि बिष्फोटपछि नजिकै पर्ने जग्याकर्ता शहरको एउटा बिमानस्थल बन्द गरिएको छ ।

इन्डोनेसियामा ज्वालामुखि सक्रिय हुने क्षेत्रमध्ये एक मरापी पहाडमा सन् २०१० मा भएको ज्वालामुखि बिष्फोटमा करिब तीन सय ५० जनाको ज्यान गएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

ताजा