विदेश

इराकी विशेष सुरक्षा फौज विद्रोही संगठन इस्लामिक स्टेट आइएसको पकड रहेको मोशुल शहरमा प्रवेश

इराकी विशेष सुरक्षा फौज विद्रोही संगठन इस्लामिक स्टेट आइएसको पकड रहेको मोशुल शहरमा पहिलो पटक प्रवेश गरेको छ । इराकी सेना दुई वर्षको अवधिमा पहिलो पटक मोसुलमा प्रवेश गरेको हो । सन् २०१४ को जुन महिनादेखि आइएसको नियन्त्रणमा रहेको सरकारी टेलिभिजनको भवनलाई इराकी विशेष फौजले नियन्त्रणमा लिएको छ । इराकका प्रधानमन्त्री हैदर अल अबादीले मोसुल शहरभित्र आइएसका ३ देखि ५ हजार विद्रोही लडाकुहरु हुनसक्ने जनाएका छन । आइएसको बलियो पकड रहेको मोशुल शहरबाट उनीहरुलाई हटाउन दुईसाता यता भएका आक्रमणमा इराकको सुरक्षा फौज, कुर्द लडाकुहरु, सिया मिलिसिया गरी पा“च हजार लडाकुहरु सहभागी छन् । मोशुल शहरलाई आइएसको कब्जाबाट मुक्त गर्न दुई सातायता हमला र भीडन्त भैरहेका छन । इराकी सेनामाथि आइएसका लडाकुले रकेट, तोप, बन्दुक तथा मेसिनगनबाट आक्रमण गरिरहेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा