विदेश

ईन्डोनेसियामा फेरी आंतकवादी आक्रमण,४ आक्रमणकारीको मृत्यु

एजेन्सी । इन्डोनेसियामा फेरी आतंकवादी आक्रमण भएको छ ।
राजधानी जकार्ता नजिकैको रियाउ प्रान्तको प्रहरी मुख्यालयमा आत्मघाती बम आक्रमण भएको हो ।

आक्रमणमा चार आक्रमणकारीको ज्यान गएको र अरु केही घाइते भएको अधिकारीले जनाएका छन् । आठ जनाको समूहमा आएका आतंकवादी लडाकुले प्रहरी मुख्यालयमा आक्रमण गरेका हुन् । अरु आक्रमणकारी भने भाग्न सफल भएको जनाइएको छ । आक्रमणबाट प्रहरीतर्फ कुनै क्षति नभएको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि इण्डोनेशियाको दोश्रो ठूलो शहर सुराबायाका विभिन्न स्थानमा तीन दिनसम्म बेग्लाबेग्लै आतंकवादी आक्रमणका घटना भएका थिए । पछिल्लो आक्रमणमा हात रहेका आतंकवादीको परिचय नखुलेको जनाइएको छ ।

यद्यपी उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाइ छ । उनीहरुले रमादान पर्वको पूर्वसन्ध्यामा बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

ताजा