विदेश

उत्तर कोरियाली नेता किम जङ उनका सौतेनी दाजुको मलेसियामा हत्या

काठमाडौ ४, फागुन । उत्तर कोरियाली नेता किम जङ उनका सौतेनी दाजुको मलेशियामा हत्या भएको छ । किम जङ उनका सौतेनी दाजु किम जङ नामको मलेशियाको सेपाङ् जिल्लाबाट राजधानी कुआला लम्पुरको अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।

दक्षिण कोरियाली टेलिभिजनले किम जङ नामलाइ उत्तर कोरियाली भनेर विश्वास गरिने दुइ युवतीले विषाक्त सियोले घोचेर हत्या गरेको जनाएको छ ।

मलेशियाबाट मकाउ जाने क्रममा विमानस्थलमा विषाक्त सियोले घोचेर हत्या गरिएको बताइएको छ । दक्षिण कोरियाली अधिकारीले नामको मृत्युका समाचार पुष्टि गरेका छन् । नाम आफ्नी दोश्री श्रीमतीसँग मकाउमा बस्दै आएका थिए । किम जङ नाम सन् २००१ मा अवैधानिक राहदानी लिएर जापानको टोकियोमा रहेको डिज्नील्याण्ड जाने क्रममा विमानस्थलमा पक्राउ परेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा