विदेश

चीनका राष्ट्रपती जिनपिङ र कोरियाली सर्वोच्च नेता उनबिच भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच फेरी भेटवार्ता भएको छ ।

चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा रहेको डालियान शहरमा गत सोमबार र मङ्गलबार दुई नेताबीच भेटवार्ता भएको हो ।
उत्तर कोरियाली सर्वोच्च नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा दुई कम्युनिष्ट नेताबीच भएकको भेटलाई विशेष महत्वका साथ लिइएको छ ।
ट्रम्प र किमबीच यसै महिना हुने भनिएको शिखर सम्मेलनका लागि परामर्श गर्न तथा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग भएको शिखर वार्ताका उपलब्धीको जानकारी गराउन किम चीन पुगेको आँकलन गरिएको छ ।
यसअघि कोरियाली शिखर वार्ता हुनुअघि पनि सर्वोच्च नेता किम चीन पुगेका थिए । किमको चीन भ्रमणलाई अमेरिका, दक्षिण कोरिया तथा अरु क्षेत्रीय शक्तिले स्वागत गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

ताजा