विदेश

चीनको सिचुआन प्रान्तमा पहिरो जा“दा १ सय ४० भन्दा बढी मानिसहरु बेपत्ता

एजेन्सी, १० असार । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा पहिरो जा“दा १ सय ४० भन्दा बढी मानिसहरु बेपत्ता भएका छन् ।

चीनको सिचुआन प्राँन्तस्थित सिन्मो गाउ“का ४६ वटा घरहरु पहिरोले पुर्दा १ सय ४१ जना मानिसहरु बेपत्ता भएका हुन् । तिब्बतको सिमा नजिक पहाडी क्षेत्रमा पहिरो गएका कारण नजिकैबाट बग्ने नदी करिब २ किलोमिटर बन्द भएको जनाइएको छ ।

पहिरोका कारण सडकको करिब डेढ किलोमिटर क्षेत्र पनि पुरिएको प्रान्तीय सरकारले जनाएको छ । पहिरोमा ४ सय जना उद्दारकर्ता परिचालन गरिएको छ । चिनिया“ राष्ट्रपति सी जिनिपिङ्ले उद्दार कार्यलाई तीब्र बनाउन उद्दारकर्तालाई निर्देशन दिएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा