विदेश

झडपमा ७ प्यालेस्टाइनीको ज्यान गयो

एजेन्सी, ८ साउन । इजरायलको जेरुसलेममा इजरायली प्रहरी तथा प्यालेस्टाइनी प्रदर्शनकारीबीच झडप चर्किरहेका बेला पछिल्लो दुई दिनमा ७ प्यालेस्टाइनीको ज्यान गएको छ ।

एक प्यालेस्टाइनीले तीन इजरायलीलाई छुरा प्रहार गरी हत्या गरेको इजरायली सैनिक प्रवक्ताले बताएकी छिन् । अधिनस्थ वेस्ट बैंकमा प्योस्टाइनी प्रदर्शनकारीले इजरालीमाथी ढुङ्गा मुढा प्रहार गरिरहेको जनाइएको छ । जवाफमा इजरायली प्रहरीले पानीको फोहोरा, अश्रुग्या“स र रबरको गोली प्रहार गरेका छन् । इजरायलले प्रदर्शनकारीविरुद्ध थत प्रहरी तैनाथ गरेको जनाएको छ ।

इजरायलले जेरुसलेममा रहेको इस्लाम धर्मको तेश्रो पवित्र स्थल अल अक्शा मस्जिद आसपास धातु पत्ता लगाउने मेटल डिटेक्टर जडान गर्ने घोषणाको विरोधमा प्यालेस्टाइनीले विरोध जनाएका हुन् । साताअघि दुई इजरायली प्रहरीको ज्यान जानेगरी छुरा आक्रमण भएपछि मेटल डिटेक्टर जडान गरिन लागेको हो । चर्किएको झडप केहि वर्षयताकै उग्र रहेको बताइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

137

ताजा