विदेश

ट्रम्पसंग हुने शिखर वार्ताबारे पुनःविचार हुनसक्ने उन को चेतावनी

एजेन्सी । उत्तर कोरियाले आगामी महिना हुने भनिएको अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुने शिखर वार्ताबारे पुनःविचार गर्ने चेतावनी दिएको छ ।
अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रँयद्विपमा संयुक्त सैनिक अभ्यासलाइ लिएर क्रुद्ध बनेको उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिसँग आगामी जुन १२ मा सिङ्गापुरमा हुने भनिएको बहुप्रतिक्षीत वार्ताबारे पुनःविचार गर्न बाध्य हुने चेतावनी दिएको हो ।

उत्तर कोरियाले दक्षिण कोरियासँग जारी उच्चस्तरीय वार्तामा पनि नबस्ने चेतावनी पनि दिएको छ ।

यसअघि अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्विपमा संयुक्त सैन्य अभ्यास गरेका थिए । यसबाट उत्तर कोरिया क्रुद्ध भएको हो ।

यसले शान्ति तथा स्थायीत्वको दिशामा अघि बढिरहेको कोरियाली प्रायद्विपमा फेरी संकट उत्पन्न हुनसक्ने चिन्ता उत्पन्न भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

ताजा