विदेश

ट्रम्प र उनबीचको भेटवार्ता सिङ्गापुरमा हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ् उनबीच हुने ऐतिहासिक भेटवार्ता सिङ्गापुरमा हुने तय भएको छ । र
उत्तर कोरियाली आणविक निसस्त्रीकरणबारे राष्ट्रपति ट्रम्प र सर्वोच्च नेता किमको भेटवार्ता सिङ्गापुरमा यहि जुन १२ मा हुने तय भएको हो । उत्तर कोरियासगको भेटवार्ताको समय र स्थानबारे जानकारी अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेका हुन् ।

यसअघि दुइ कोरियाबीचको सिमाक्षेत्र पान मुन जोममा वार्ता हुने भनीएपनि अमेरिकी राष्ट्रपति ट्रम्पले अस्वीकार गरेपछि भेटवार्ताको स्थानबारे विवाद रहदैं आएको थियो ।

क्षेयास्त्र तथा आणविक कार्यक्रमलाइ निरन्तरता दिदै विश्व समुदायमा सुरक्षा खतरा निम्ताएको उत्तर कोरियाको आणविक निसस्त्रीकरणका लागी भेटवार्ता हुने भएको हो ।

राष्ट्रपति ट्रम्पले सर्वोच्च नेता किमसगको वार्ता सफल हुने अपेक्षा व्याक्त गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

ताजा