विदेश

थाइल्याण्डका राजाको स्वास्थ्य विग्रदो, प्रजाद्धारा सुस्वास्थ्यको कामना

थाइल्याण्डका राजा भूमीबोल अतुल्यतेजको स्वास्थ्य विग्रदै गर्दा उनका सैयौ“ प्रजा तथा शुभचिन्तकहरुले उनको सुस्वास्थ्यको कामना गरेका छन् । एकता तथा स्थायीत्वको प्रतीक मानिने राजाको स्वास्थ्यप्रति थाइल्याण्ड भरी अन्यौल छाएको छ । गत आइतबार थाइल्याण्डको दरबारले एक विज्ञप्ती निकाल्दै राजाको स्वास्थ्य जटिल भएको जनाएको थियो । त्यसबेला देखि नै थाइल्याण्डका प्रजाहरु राजाको स्वास्थ्य प्रति चिन्तित हुन थालेका थिए तर बुधबार दरबारले राजाको स्वास्थ्य अस्थिर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार चल्दै गरेको जनाएको थियो । त्यसपछि उनको सुस्वास्थ्यको कामना गर्दै सैयौ“ प्रजाहरु राजाको तस्बिर बोकेर सडकमा निक्लेका थिए, अधिकाशंले सौभाग्यको प्रतिक गुलाबी रङ्को कपडा लगाएका थिए । राजाकी जेठी छारी राजकुमारी उबलरत्नले सामाजिक संजालमा एक सन्देश जारी गर्दै उनको पिताको सुस्वास्थ्यको कामना गरेकी थिइन् भने भुटानका बौद्ध धर्मावलम्बी राजा जिग्मी खेसर नामग्याल वाङ्चुकले पनि आफ्ना बौद्ध धर्मावलम्बी बन्धु, राजा अतुल्यतेजको सुस्वास्थ्यको कामना गरेका छन् । यसैबीच थाइ सरकारको नेतृत्व गरीरहेको सेनाले कुनै हल्ला तथा सामाजिक संजालको पछि नलागी दरबारले जारी गरेको विज्ञप्तीमा मात्र विश्वास गर्न सबैसग अपिल गरेको छ । राजाको स्वास्थ्यको बारेमा नकारात्मक सन्देशहरु सार्वजनिक हुदै गर्दा थाइ प्रधानमन्त्री प्रयुथ चान ओचा ले राजाका उत्तराधीकारी राजकुमार महा वजिरलङ्कन स“ग भेट गरेका छन् । थाइ राजाले सन् १९६४ मा गद्दिआरोहण गरेका थिए । थाइ राजाको ७० वर्षे शासनकालमा राजनीतिक अस्थिरताका बीच राजा तथा राजसंस्थालाइ स्थायित्वको प्रतिकका रुपमा लिइन्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा