विदेश

फ्रान्सको राजधानी पेरिसमा आतंकवादी आक्रमणमा हु“दा एक प्रहरी अधिकारीको ज्यान गयो ।

एजेन्सी, ८ बैशाख । फ्रान्सको राजधानी पेरिसमा आतंकवादी आक्रमण हु“दा एक प्रहरी अधिकारीको ज्यान गएको छ ।
मध्य पेरिसको क्याम्प एल्लेसेसमा प्रहरी सवार बसमा आक्रमणकारीले जथाभावी गोली चलाएको जनाइएको छ । आक्रमणमा अरु दुई प्रहरी घाईते भएका छन् । आक्रमणकारी प्रहरीको जवाफी कारवाहीमा मारिएको जनाइएको छ । फ्रान्समा राष्ट्रपतीय चुनाव आउनु मात्र दुई दिन अघि यो आक्रमण भएको हो । आक्रमणकारीको पहिचान भएको जनाइए पनि नाम सार्वजनिक भएको छैन । आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ । फ्रेन्च राष्ट्रपति फ्रास्वा“ ओलान्दले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । राष्ट्रपतीय चुनावको पहिलो चरण सुरु हुनु मात्र दुई दिनअघि भएको आक्रमणले चुनावी सुरक्षामा गम्भिर खतरा उत्पन्न गराएको विश्लेषण गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

137

ताजा