विदेश

बिन लादेनको कम्पनीलाई ३० बिलियन डलर ऋण

विश्वका चर्चित आतंकवादी ओसामा बिन लादेनको परिवारले चलाएको कम्पनी चरम आर्थिक संकटबाट गुज्रिरहेको छ।

उनको परिवारले चलाएको कन्स्ट्रक्शन कम्पनीलाई करीब ३० बिलियन डलर ऋण लागेको छ। कम्पनी ऋणमा डुबेपछि त्यहा कार्यरत कर्मचारीहरुले मासिक रुपमा पाउने तलबका साथै अन्य सुबिधा पनि नपाएपछि उनीहरु सडक आन्दोलनमा उत्रिएका छन्। कम्पनीमा काम गरिरहेका कर्मचारी दिनदिनै हिंस्रक हुँदै गइरहेका छन्।

पछिल्लो दिन मकका शहरमा भइरहेको प्रदर्शनमा ७ जना मानिसले बसमा आगो लगाइ दिएका थिए। बिन लादेन समूहको स्थापना ओसामा बिन लादेनको पिताले स्थापना गरेका थिए। यसमा कुल गरेर १ लाख ५० हजार भन्दा बढी मानिसहरु काम गर्दथे। तर अब कम्पनीमा ७० हजारभन्दा बढी कर्मचारी निकाल्ने निर्णय गरेका थिए।

यसका साथै कम्पनीमा साउदी अरबमा १० हजारभन्दा बढी मानिस काम गर्दथे। त्यसमा विदेशबाट आएका मानिसहरु पनि सामेल थिए। कम्पनीविरुद्ध प्रदर्शन सुरु भएपछि ६ हजार ७ सय २० करोड रुपैँया भन्दा बढी भुक्तानी गर्न दबाब दिइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार साउदी सरकारले फुटबल स्टेडियम तथा उच्चगतिको रेललाइन जस्तै ठूलो कन्स्ट्रक्शन प्रोजेक्ट्सममा रोक लगाइदिएको छ। साउदी बिन लादेन समूहले साउदी अरबको दोस्रो ठूलो शहर जेद्दामा एउटा भव्य अनि विश्वकै अग्लो बिल्डिङ बनाइरहेका थिए।

जसको नाम किङडम टावर राखिने बताइएको छ। यसको प्रस्तावित उचाइ  ३ हजार २ सय ८० फिट रहेको छ। गत सेप्टेम्बर महिनाको शुक्रबार साँझ मक्काको सबैभन्दा पवित्र मस्जिदमा क्रेन खसेर १२० जनाको ज्यान गएको थियो।

कम्पनीलाई ३० बिलियन डलर ऋण
साउदी सरकारले गरेको अनुगमनमा गत सेप्टेम्बर महिनामा मस्जिदमा खसेको क्रेनलाई म्यानुअलमा राखेर प्रयोग गरिएको थिएन। सरकारले अब आउने प्रोजेक्ट्समा बिनलादेनको ग्रुपलाई टेण्डरमा भाग लिन नदिने निर्णय गरेको छ। यसको प्रभाव कम्पनीको शेयरमा समेत पर्नेछ।

यसले कम्पनीमा करीब ३० बिलियन डलर बराबरको ऋण रहेको छ। अमेरिकामा भएको  ९ र ११ सेप्टेम्बरमा भएको आतंककारी हमलापछि धेरै पीडित परिवारले कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्।

उनीहरुले ओसामाबिन लादेनलाई यो कमपनीबाट अर्बौ आम्दानी हुने गरेको आरोप लगाएका थिए।ओसामा बिन लादेनलाई १९९३मा शेयरहोल्डरबाट निकालिदिएको थियो।

९०को दशकमा आतंकवादी संगठन अलकायदाको नाम राख्नको लागि ओसामाले आप्नो पैतृक समप्तिको ठूलो हिस्सा प्रयोग गरेका थिए। तर अमेरिकी अदालतले भने उसले लगानी गरेको कम्पनीको प्रभाव अमेरिकामा नपर्ने बताएको थियो। तर पछिल्लो समय कम्पनीमा चरम आर्थिक संकट पैदा भएको छ।

बताइए अनुसार कम्पनी बन्द हुनुको कुनै विकल्प छैन। कन्स्ट्रक्शनको व्यापारसँग जोडिएको यो ठूलो कम्पनीलाई साउदी अरबको सरकारी प्रोजेक्ट्समा ठूलो प्रभाव पार्ने बताइएको छ। किनकी कम्पनी देशकै ठूलो तेलबाहेक आर्थोपार्जन गर्नेमध्ये एक बनिसकेको छ। यसबाट देशको अर्थतन्त्रलाई नै ठूलो धक्का पुग्ने विज्ञहरुले बताएका छन्।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

149

ताजा