विदेश

भारतमा निमार्णाधिन आकाशे पुल भत्किँदा मृत्यु हुनेको संख्या १८ पुग्यो

एजेन्सी । भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ ।

भारत उत्तर प्रदेशको बनारस जिल्लामा निर्माण हुँदै गरेको आकासे पुल भत्किँदा अरु केही घाइते भएका छन् ।

निर्माणाधीन आकासे पुलका दुई वटा खम्बा भत्किँदा कंक्रिटले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र पैदल यात्रीमाथि खस्दा मानवीय क्षति भएको हो ।

मृतक तथा घाइते अधिकांश श्रमिक, पैदलयात्रु र केही काम हेरिरहेका दर्शक परेका एक जना प्रत्यक्षदर्शीले बताए । भारतमा पूर्वाधार निर्माणमा हुने दुर्घटनाबाट हरेक वर्ष दर्जनौं मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

ताजा