विदेश

रुसी प्रधानमन्त्रीमा फेरि मेदभेदेभ

एजेन्सी । रुसका पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेभ भारी मतका साथ अर्को कार्यकालका लागि पुनः प्रधानमन्त्री चुनिएका छन् ।
रुसको संसद डुमामा मंगलबार भएको चुनावमा मेद्भेदेभको पक्षमा ३७४ मत परेको थियो भने विपक्षमा मात्रै ५६ मत परेको त्यहाका सञ्चार माध्यमले जनाएका छन् ।
आफू निरन्तर रुसको विकासमा अग्रसर रहिरहेको र अब पनि अग्रसर रहिरहने बाचा गर्दै डुमामा मत मागेका थिए ।
मेदभेदेभले सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रपतिका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

ताजा