विदेश

सिरियाका स्थानीयलार्इ सुरक्षित स्थानमा सारिँदै

एजेन्सी, ९ बैशाख । घेराबन्दीमा परेका सिरियाली शहरका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कार्य दुई दिनको स्थगन पछि बिहिवारबाट पुनः सुरु हुँदैछ ।
राजधानी दमास्कस नजिक सिरियाली सेना र लेबनानको शिया लडाकु समुह हेज्बोल्लाहको घेराबन्दीमा परेका शहरहरु मदाया र अल–जबदनीबाट सर्वसाधारण बोकेका सवारी साधनले शहर छाडेको जनाइएको छ । त्यस्तै विद्रोहीको घेराबन्दीमा परेका अल–फुआ र केफरया शहरबाट पनि मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य पुनः सुरु गरिएको सिरियाली गृहयुद्धको अनुगमन गर्ने समुहले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मदाया र अल–जबदनीबाट सर्वसाधारण बोकेका ५ बसले शहर छाडेका छन् भने फुआ र केफरया शहरबाट १० वटा बसले शहर छाडेका छन् । सिरियाली सेना र हेज्बोल्लाहको घेराबन्दीमा परेका मानिसहरुलाई विद्रोही नियन्त्रित इडलिब प्रान्तमा सारि“दै छ । भने विद्रोहीको घेराबन्दीमा परेका मानिसहरुलाई सिरिया सरकारको नियन्त्रणमा रहेको अलेप्पो शहरमा सारि“दैछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा